सपना ब्यास पटेल रिबोकले प्रमाणित गरेकी व्यावसायिक फिटनेस ट्रेनर हुन् र त्यसको साथमा डक्टरेट पनि गर्दै छिन् । उनी एक वर्षको अवधिमै आफ्नो ८६ केजीको शरीरको तौल ३३ केजी घटाएर ५३ केजीमा झार्न सफल भएकी थिइन् । सपनाले आफ्नो फेसबुकको माध्यमले तौल घटाएर फिट हुन चाहनेहरूलाई सल्लाह र सुझाव दिँदै आएकी छिन् । सपनासँग बड्डी बिट्सले गरेको कुराकानीको सम्पादित अंश
सबैले मानिसलाई उनीहरूको बाहिरी सुन्दरता र आवरणबाट चिन्ने गर्छन् तर हामीलाई तपाई भित्रको वास्तविक तपाईका बारेमा जान्न मन लागेको छ । तपाईको बारेमा केही बताइदिनुहोस् न ?
म अरू कसैको लागि होस् वा आफ्नै लागि गर्ने कामहरूमा धेरै नै इमान्दार छु र त्यसले सकारात्मक सोच बढाउँछ । मैले कुनै पनि काम आधा मनले गर्न सक्दिन । म केही काम गरूँ वा नगरूँ मैले नराम्रो काम गर्नचाहिँ सक्दिन । मैले गर्न खोजेको कामबाट राम्रो नतिजा आओस् भन्ने चाहन्छु र सकेसम्म राम्रो प्रयास गर्छु बाँकी भगवानको भरमा छोडिदिन्छु ।
निश्चित रूपमा तपाईं राम्रो हृदय भएको मानिस हुनुहुन्छ । त्यसैले यो चमकको पछाडि तपाईको एकेडेमिक र प्रोफेसनल पृष्ठभूमि कस्तो छ ?म डक्टरल विद्यार्थी हुँ र रिवोकको सर्टिफाइड फिटनेस प्रोफेसनल पनि । मैले निरमा युनिभर्सिटीबाट एमबीए गरेकी छु । मैले मेरो अनुभव र ज्ञान प्रयोग गरेर अहिलेसम्म ५ हजारभन्दा बढी मानिसलाई बिना पैसा फेसबुकमार्फत फिटनेसको उद्देश्य प्राप्त गर्न सहयोग गरेकी छु ।
तपाईले तौल घटाउनको लागि लिनुभएको दृढ निश्चयको रहस्यको बारेमा बुझ्न चाहेका छन्, बताउन सक्नुहुन्छ ?
म पहिले ८६ किलो थिएँ र एकै वर्षभित्र आफूलाई ५३ किलोमा र्झन सफल भएँ । मैले ३३ किलो तौल घटाएँ । म मोटो हुँदा पनि खुसी नै थिएँ । तर, अरूले मलाई उमेर बढी भएको रूपमा लिन थाले र यो कुरा मेरो मनमा गढ्यो । मलाई म १९ वर्षको मात्रै हुँदा कुनै पनि अपरिचितले मेरी बहिनीको आमा भनेको मन पर्दैन थियो । यस्ता ससाना कुराले मेरो मनभित्र हलचल उत्पन्न गरेको हुँदा मैले आफूलाई परिवर्तन गर्ने सोच बनाएँ ।
तपाईंले तौल कसरी घटाउनुभयो र कसरी त्यसको लागि केकस्तो त्याग गर्नुभयो भन्ने कुरा बताइदिनुहुन्छ ?
मैले नियमित फिटनेस र डाइट रुटिन अपनाएँ । डाइटिङ भनेको भोकै बस्नु होइन बरु राम्रो खानपान गर्नु हो । मैले आफूले चाहेको सबै चीज खाएँ तर ठिक्क मात्रामा र ठीक समयमा खाएँ । मैले कहिल्यै पनि क्य्रास डाइटिङ गरिन र धेरै व्यायाम पनि गरिन । सुरुमा मैले धेरै कार्डियो गरेँ र त्यसपछि वेट ट्रेनिङ गर्न थालेँ ।
Comments
Post a Comment