नागपंचमी श्रावण मासको शुक्ल पक्षमा पंचमीको दिन मनाइने गरिन्छ। ज्योतिषाचार्य पं प्रफुल्ल भट्टको अनुसार यो वर्ष उदय कालिक कुंडलीमा राह-केतु कर्कोटक नामको पूर्ण कालसर्प योग बन्ने जसको कारण नाग्पंचामीको महत्व झन् बढ्नेछ।
कसैको कुंडलीमा कालसर्प दोष छ भने नागपंचमीको दिन पूजाआरधना गर्नाले दोष मुक्त हुन्छ। कालसर्प दोष मुक्त पार्न यो दिन विषेस मानिन्छ। यो दिनमा ९ नागको पुजा र ऊँ नम: शिवायको मन्त्र जप गरेमा लाभदायी र फलदायी हुन्छ। साथै यो दिन रुद्राभिषेक गरेमा कुंडलीको कालसर्प दोष पनि हराएर जान्छ।
नागपंचमीको दिन यसरी गर्नुहोस् पुजा
नाग पंचमीको दिन सर्पलाई देवता मानेर पुजा गरिने गरिन्छ। यो दिन पुजा गर्ने छुट्टै विधि हुन्छ। विधि नपुराइ पुजा गरेमा पुजाको फल नपाइन पनि सकिन्छ।
विहानै उठेर नुहाउनुहोस् त्यसपछि सुन र चाँदी अथवा तामाको नाग नगिनको मुर्ति बनाउनुहोस्। उनीहरुको मुर्ति बनाएर फुल, धुप, नैबेद्य चढाएर पुजा गर्नुहोस्। नाग नागिनलाई दुध चढाउनु अति आवश्यक हुन्छ। त्यसपछि पुजा गरिएको नाग नागिनको मुर्ति कुनै पी शिवलिङ्गमा चढाईदिनुहोस्। सुन, चाँदी र तामाको मुर्ति बनाउन नसके फलामको भए नि बनाउनुहोस्।
Comments
Post a Comment