काठमाडौं : आज सोमबारबाट ९० वर्ष पूरा गर्नुभएकी पूर्ववडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९१औ जन्मोत्सव भव्य हुने भएको छ ।दरबार हत्याकाण्ड भएको १७ वर्षपछि भब्य रुपमा मनाउन लागिएको यो पहिलोपटक हो ।
पूर्वराजा ज्ञानेन्द्रले आमाको ९१औ जन्मजयन्ती भब्य रुपमा मनाउने तयारी गर्नुभएको हो ।करिब दुई साता लामो थाइल्याण्ड बसाइपछि यही १ गते नेपाल फर्कनुभएका ज्ञानेन्द्रले आमा रत्न ९० वर्ष पूरा गरेको उपलक्ष्यमा उहाँको जन्मदिनलाई भब्य रुपमा मनाउन लागेको हो । यो खबर आजको ‘नेपाल समाचारपत्र’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ ।
खबर ईश्वरराज ढकाल ले लेखेका हुन् ।जन्मोत्सवमा पूर्वराजाका आफन्त सबै सहभागी हुनेछन् । साझ ५ बजेदेखि आयोजना हुने कार्यक्रममा करिब ४ सयको हाराहारीमा आफन्त उपस्थित हुने निर्मल निवासले जनाएको छ ।जन्मदिनलाई भब्य बनाउन पूर्वराजा ज्ञानेन्द्र आफैं खटिनुभएको छ ।
जन्मदिनमा होटल सोल्टीबाट खानाको व्यवस्था गरिएको छ ।नारायणहिटी परिसरमा रहेको महेन्द्र मञ्जिल परिसरमा मनाउन लागिएको जन्मदिनमा आफन्त र पूर्वराजाका अति घनिष्टबाहेक अन्यलाई निम्तो दिइएको छैन ।
दरबार हत्याकाण्डपछि पनि महेन्द्र मञ्जिलमै बस्ने गर्नुभएकी रत्न अहिलेसम्म निर्मल निवासले दरबारले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी हुने गर्नुभएको छैन ।दशैको टीकामा समेत पूर्वराजाका परिवार महेन्द्र मञ्जिलमै उपस्थित हुने गरेका छन् । ‘नौ दशक पार गरेकाले यो जन्मदिनलाई भब्य रुपमा मनाउन लागिएको हो’ –निर्मल निवास स्रोतले भन्यो । ‘बिहानको कार्यक्रम केही छैन, बेलुकी जन्मदिन मनाउन लागेका छौं’ –स्रोतले भन्यो ।९० वर्ष पूरा भएपछि उहाँको स्वाथ्यमा कुनै गडबडी भएको छैन ।
रत्नको नियमित स्वाथ्य परीक्षण गर्न हरेक मंगलबार निजी चिकित्सक डा खगेन्द्र श्रेष्ठ र मुटु सम्बन्धी समस्या भए डा. मृगेन्द्रराज पाण्डे महेन्द्र मञ्जिलमै पुग्ने गर्नुभएको छ ।‘नियमित स्वाथ्य परिक्षण हुने भएकाले उहाँलाई हालसम्म कुनै रोग लागेको छैन’ –रत्नकी निजी सचिव शम्भु अधिकारीले भन्नुभयो ।उमेरको कारण केही समस्या भए पनि स्वाथ्यको कारण केही समस्या देखिएको छैन । बिहान ९ बजे उठ्ने, नित्यकर्म गरी पूजापाठ गर्ने, एक गिलास दूध पिउने र करिब ३ बजे खाना खाने उहाँको दिनचर्या हो ।भजनकीर्तन सुन्ने अनि दिनभर आराम गर्ने बेलुकी बजे एक गिलास दुध फलफूल खाने गर्नुभएकी रत्नको स्वाथ्य तन्दुरुस्त रहेको छ ।
राजा महेन्द्रको स्वर्गारोहणपछि शाकाहारी बन्नुभएका पूर्वमुमा वडामहारानी रत्नको मुख्य खाना नै दूध हो ।उहालाई भेट्न पूर्वराजा ज्ञानेन्द्र हप्ताको एक दिन अनिवार्य रुपामा पुग्ने गर्नुभएको छ ।‘हप्ताको एक दिन त अनिवार्य आउनुहन्छ, आवश्यक परेमा जुन दिन पनि पुग्ने गर्नुभएको छ’ –स्रोतले भन्यो ।
रत्नलाई भेट्न हरेक दिन परिवारका एक न एक सदस्य महेन्द्र मञ्जिल पुग्ने गरेका छन् ।पूजापाठ गर्ने ,सुसारेसँग बोलचाल गर्ने र कोही आफन्त भेट्न आए सामान्य बोलचाल गर्ने गर्नुभएका रत्नको ९१औ जन्मदिन मनाउने इच्छा छोरा ज्ञानेन्द्र नै गरेकाले स–परिवारका साथ भब्य रुपमा जन्मदिन मनाउन लागिएको हो ।दरबार हत्याकाण्डपछि सधै निरास देखिनुहुने उहाँ पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडेपछि करिब पाँचपटक मात्र महेन्द्र मञ्जिल छाड्नुभएको छ ।
सामान्यतया सजिलै हिँडडुल गर्न सक्नुभए तापनि अहिले बसेपछि उठ्न गाह्रो हुन थालेको छ । बुढ्यौलीको कारण केही समस्या देखिए तापनि उहाँको शरीरमा केही भएको छैन ।करिब ६ जना सुसारेसहित ३५ जना कर्मचारीको साथमा बस्ने गर्नुभएका रत्न यसअघिका जन्मदिनलाई सामान्य रुपमा मनाउने गर्नुभएको थियो ।
Comments
Post a Comment