
महानगरीय प्रहरी वृत बालाजुको बिशेष स्वीच अपरेशनले १३४ जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले गरेको स्वीच अपरेशनमा बालाजु बाइपासबाट मुड्खु सम्मको विभिन्न होटलमा छापा हान्दा २३ जना महिला समेत पक्राउ परेका छन् ।
होटलहरुमा यौन जन्य गतिविधिहरुको वृद्धि भएको जनगुनासोका आधारमा अपरेशन थालिएको बालाजु प्रहरी बृतका डिएसपी चिरिञ्जीवी
कोइरालाले जानकारी दिए ।होटलहरुमा छापा हान्ने क्रममा होटलहरुकै आन्तरिक सुराकीका आधारमा केही जोडीहरु भागेका छन् ।यस्तै स्वीच अपरेशनबाट लाखौ लाख रुपैयाँ बराबरको बाजी राखी तास खेल्ने जुवाडेहरु समेत पक्राउ गरिएको डिएसपी कोइरालाले बताए ।तास सँगै प्रहरीले बनस्थली, माछापोखरी, गंगा हल श्रेत्रबाट क्यारेमबोड, पोट, स्नुकरमा ठूलो रकम बाजी खेलीरहेकाहरुलाई समेत नियन्त्रणमा लिएको छ । अब प्रयोगात्मक परीक्षामा सबैलाई १००% अङ्क दिन नपाइने
अबदेखि विद्यालय तहको प्रयोगात्मक परीक्षामा शिक्षकले जथाभावी अङ्क दिन नपाउने भएका छन् । वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका अधिकाँश परीक्षार्थीको प्रयोगात्मकमा ‘एप्लस’ देखिएपछि यस्तो प्रवृत्तिमाथि रोक लगाउन लागिएको हो ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले भदौ १ गते विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम संरचनालाई स्वीकृत गरेको छ । त्यसमा कक्षा ८, १० र १२ मा सबै विषयमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । अचेल सबै विषयमा प्रयोगात्मक छैन र प्रयोगात्मक भएका विषयको परीक्षामा शिक्षकले पूरै अङ्क दिने प्रवृत्ति छ । वास्तविकरूपमा नै प्रयोगात्मक परीक्षा लिने पद्धतिको विकास गर्न र सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाको प्राप्ताङ्कमा एकरुपता ल्याउन जथाभावी अङ्क दिने प्रवृत्तिलाई निरुत्साही गर्न लागिएको हो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले प्रयोगात्मक मूल्याङ्कनको अङ्क सम्बन्धित शिक्षकले नै दिने प्रचलन रहेको बताउँदै भन्नुभयो, “परीक्षार्थीको आन्तरिक र बाह्य परीक्षाको मूल्याङ्कनमा एकरुपता हुन सकेन । सैद्धान्तिकमा कमजोर प्रदर्शन गरेको विद्यार्थीले प्रयोगात्मकमा बढी अङ्क पाइरहेको अबस्था छ । त्यसैले यस कुराको हल खोजेका छौँ । त्यसका लागि विस्तृत कार्यविधि बनाउनेछौँ । त्यसले अङ्क प्रदान गर्ने आधार प्रष्ट गर्नेछ ।” अचेल कक्षा १० मा अनिवार्य विषयको गणित बाहेकमा प्रयोगात्मक परीक्षा सञ्चालन गरिन्छ । हरेक विषयमा ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्रयोगात्मक परीक्षाका लागि छुट्टयाइएको छ ।
गणितको अङ्क परीक्षार्थीले प्राप्त गरेको वास्तविक अङ्क भएको र बाँकी विषयमा २५ अङ्क सित्तैमा उपलब्ध गराइएको भन्ने आम बुझाइ छ । “त्यसैले सबै विषयमा सैद्धान्तिक र प्रयोगात्मकको व्यवस्था गर्न खोजिएको हो” उहाँले भन्नुभयो, “एउटै मापदण्ड र विधि भएपछि कुनै विषयमा अङ्क त्यत्तिकै दिइएको र कुनैमा नदिइएको भन्ने अवस्था रहँदैन । कार्यविधिले प्रष्ट गर्नेछ ।
मलेसिया गएकि पवित्राले कसरि कमाईन् छ महिनामै २१ लाख ? यसरी हुन्थिन् मालामाल
रोजगारीको लागि आकर्षक मानिएको मलेसियामा नेपाली चेली कति छन ? सरकारलाई पनि त्यसको डाटा थाहा छैन् । उनीहरु यहाँ के काम गर्छन्, कस्तो अवस्था छ, त्यो त अलि परको कुरा ।
सरकारलाई खालि रेमिट्यान्स भए भइहाल्यो ।मलेसियामा हाल सैयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको पाइएको छ । नेपालबाट नै उनीहरुलाई राजी गराई यहाँ दलालमार्फत भित्र्याउने कुरा उदयपुरकी समिता थापाले भनिन् ।
मलेसियाको डिस्को, बार र होटेलहरुमा उनीहरुलाई काम गर्न लगाएको र राम्रो आम्दानी हुने गरेको झापाकी पवित्रा सुनारले भनिन्, ‘मैले त यहाँ आएको ६ महिनामा २१ लाख पठाइसकें । यो पैसा मैले धेरै दुख अपनाएर कमाएको पैसा हो । अबको ६ महिनामा घर जाने र एउटा व्यापार गरेर बस्ने उनको सोचाइ भएको बताइन् ।’भारतको बाटो हुँदै नेपाली चेलीहरुलाई मलेसिया ३ महिना, दुबई १/२ महिना, सिंगापुर, कुवेत, मकाउको यात्रा भनेको यौन धन्दाको लागि लगिने गरिन्छ ।
मलेसियामा यस्तो काम पो लगाइदोंरहेछ महिलालाई ?
मासिक १/२ लाखसम्मको कारोबार हुने गरेको ललितपुरकी सबिता महर्जनले भनिन् । उनलाई सुरुमा नाच्नको लागि भनेर दुबई लगेको र हाल मलेसियामा रहेकी छिन् ।उनीहरु जस्तै धेरै नुपाली चेली यौन धन्दामा लागेको पाइन्छ । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको र राम्रो व्यापार हुने गरेको होटल मालिक भन्छन्, ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, र गेलांगजस्ता ठाउँ यौन व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, रजेनांगको बीएम मा यौन व्यवसाय चलाइएको पाइन्छ ।
समयमा नै राज्य यस विषयमा चनाखो नहुने हो भने रेमिट्यान्सको बदला यौन रोगका युवा–युवतीहरु नेपाल भित्रिने छन् । मलेसियाको टूरिजम एरिया बुकित्भिन्तन र चाइना टाहुनमा भेटिएका नेपाली चेलीहरुसँग गरिएको कुराकानीमा आधारित ।
रोजगारीको लागि आकर्षक मानिएको मलेसियामा नेपाली चेली कति छन ? सरकारलाई पनि त्यसको डाटा थाहा छैन् । उनीहरु यहाँ के काम गर्छन्, कस्तो अवस्था छ, त्यो त अलि परको कुरा ।
सरकारलाई खालि रेमिट्यान्स भए भइहाल्यो ।मलेसियामा हाल सैयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको पाइएको छ । नेपालबाट नै उनीहरुलाई राजी गराई यहाँ दलालमार्फत भित्र्याउने कुरा उदयपुरकी समिता थापाले भनिन् ।
मलेसियाको डिस्को, बार र होटेलहरुमा उनीहरुलाई काम गर्न लगाएको र राम्रो आम्दानी हुने गरेको झापाकी पवित्रा सुनारले भनिन्, ‘मैले त यहाँ आएको ६ महिनामा २१ लाख पठाइसकें । यो पैसा मैले धेरै दुख अपनाएर कमाएको पैसा हो । अबको ६ महिनामा घर जाने र एउटा व्यापार गरेर बस्ने उनको सोचाइ भएको बताइन् ।
भारतको बाटो हुँदै नेपाली चेलीहरुलाई मलेसिया ३ महिना, दुबई १/२ महिना, सिंगापुर, कुवेत, मकाउको यात्रा भनेको यौन धन्दाको लागि लगिने गरिन्छ ।मलेसियामा यस्तो काम पो लगाइदोंरहेछ महिलालाई ?मासिक १/२ लाखसम्मको कारोबार हुने गरेको ललितपुरकी सबिता महर्जनले भनिन् । उनलाई सुरुमा नाच्नको लागि भनेर दुबई लगेको र हाल मलेसियामा रहेकी छिन् ।
उनीहरु जस्तै धेरै नुपाली चेली यौन धन्दामा लागेको पाइन्छ । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको र राम्रो व्यापार हुने गरेको होटल मालिक भन्छन्, ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, र गेलांगजस्ता ठाउँ यौन व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, रजेनांगको बीएम मा यौन व्यवसाय चलाइएको पाइन्छ । समयमा नै राज्य यस विषयमा चनाखो नहुने हो भने रेमिट्यान्सको बदला यौन रोगका युवा–युवतीहरु नेपाल भित्रिने छन् । मलेसियाको टूरिजम एरिया बुकित्भिन्तन र चाइना टाहुनमा भेटिएका नेपाली चेलीहरुसँग गरिएको कुराकानीमा आधारित ।
Comments
Post a Comment