कालीमाटी तरकारी बजार अनुगमन गर्न गएकाे टोलीलार्इ व्यापारीले यसरी थुने



काठमाडौं । बिहानै कालीमाटी तरकारी तथा फलफूल बजार अनुगमन गर्न गएकाे सरकारी टाेलीलार्इ स्थानीय व्यापारी र तरकारी विचौलियाकाे समूहले उल्टै नियन्त्रमा लिए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हितसंरक्षण विभाग सहितकाे उपभोक्ता अधिकारकर्मीको टोलीलाई उनीहरुले नियन्त्रमा लिर्इ केही समय थुनेकाे बताइन्छ ।

अचानक अनुगमनमा पुगेकाे टाेलीलार्इ बजार अनुगमन गर्न नदिर्इ एकै ठाउँमा थुनेर राखेकाे राखिएकाे हाे ।

विभागका अधिकृत दीपकराज पौडेल, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनासहित आधा दर्जनभन्दा बढी अनुगमनकारी बिहानै ३ बजेतिर कालीमाटी पुगेका थिए ।

तर उनीहरु उल्टै व्यापारी तथा बिचाैलियाको नियन्त्रणमा परेकाे बताइएकाे छ ।

बिचौलियाका कारण तरकारी मह‌ंगाे भएकाे गुनासाे बढिरहेका बेला बिचाैलिया नियन्त्रण गर्ने लक्ष्यसहित साे टोली अनुगमनमा निस्किएकाे थियाे ।

टाेलीले तरकारी बोकेका २ ट्रकसमेत नियन्त्रणमा लिएको छ ।

अावश्यक बिलबिजक तथा कागजात नभएपछि ती ट्रकलार्इ नियन्त्रणमा लिइएपछि उत्पन्न विवादका कारण कालिमाटीका व्यापारीहरुले अनुगमन टोलीको विरोध गर्दै नाराबाजी समेत गरेका थिए ।

Comments