साप्ताहिक राशिफल : (भाद्र ९ गते देखि१५गतेसम्म) नाग देउताले हामी सबैको कल्याण गरुन !


साप्ताहिक राशी (भाद्र९ गते देखि१५गतेसम्म) — ज्योतिष,पंडित वेदनिधि तिमिल्सिना फोनः– ९८४६१६७८०२ मेष

मेषः– मंगलबार विहान सम्म समय अनुकुल देखिन्छ । अधुरा कार्य योजना अगाडि बढ्ने छन् । सामाजिक उत्तरदायित्व पुरा गर्नु पर्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । इच्छाशक्ति बढ्नेछ । उप्रान्त विहिबार साँझ सम्म समय खराव चल्नेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । राम्रो कुरा गर्दा नराम्रो सोच्ने छन् । व्यर्थको घुमाई फिराई बढि हुनेछ । शेष दिन अनुकुल रहेको छ् । प्रयत्न गर्दा काममा सफलता मिल्नेछ । भोज भतेर सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । अवरोध हट्ने छन् । बृष

वृषः–शनिबार कामले गति त्यति लिने छैन । बाह्य काम बढि हुनेछन् । आइतबार देखि विहिबार सम्म समय अनुकुल रहेकोछ । अवरुद्ध काम अगाडि बढ्ने छन् । सामाजिक दायित्व बढ्नेछ । उच्च व्यक्तित्वसँग भेट घाट हुनेछ । व्यापार व्यवसायमा नयाँ नयाँ सम्भावना देखिने छन् । हेलचक्र¥याई नगरि काम गर्नु होला हरेक क्षेत्रमा सफलता मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । शेष दिन भने प्रतिकुल रहेको छ । फजुल खर्च वृद्धि आर्थिक संकट निम्त्याउनेछ । काममा अवरोध आउनेछ । विश्वास गरेकाले धोका दिने छन् । मिथुन

मिथुनः–शनिबार साता कै खराव दिन रहेकोछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । चोटपटक आदिको भय देखिन्छ । रविबार र सोमबार पनि खासै उपलब्धि हुने देखिन्न । कार्य प्रगति मन्द रहला । मंगलबार देखि समय अनुकुल हुनेछ । अबरुद्ध कार्य योजना अगाडि बढ्ने छन् । प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ । सामाजिक उत्तरदायित्व बहन गर्नु पर्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट सन्तोषजनक आम्दानी हुनेछ । घरमा मांगलिक काम हुनेछन् । व्ययभार घट्नेछ । समयको सदुपयोग गर्नु होला । कर्कट



कर्कटः–प्रारम्भ प्रतिकुल देखिन्छ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । मनमा अशान्ति फैलिनेछ । काम काजमा अवरोध आउनेछ । जोखिम मोलेर काम नगर्नु होला । सुरक्षित गन्तव्यको खोजी गर्नु होला । साझेदारी काममा विवाद उत्पन्न हुनेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला गरेमा डुब्न सक्छ । आस्था र विश्वासमा चोट पुग्न सक्छ । विहिबार साँझ देखि समयमा सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । थोरै मेहनत गर्दा नयाँ काम हात पर्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । कल्पनाले सकार रुप लिनेछ । सिंह

सिंहः– मंगलवार विहान सम्म समयले साथ दिनेछ । काम गर्दा हेलचक्र्याई नगर्नु होला,गरेमा आएको अवसर गुम्नेछ । साना तिना काम सम्पन्न गर्न पनि धेरै संघर्ष गर्नु पर्नेछ । सहयोगी मन खुम्चिने छन् भने दुष्टहरु अगाडि आउने छन् । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सझेदारी काममा विवाद हुनेछ लगानी नगर्नु होला । मंगलबार मध्यान्ह देखि समय प्रतिकुल हुनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक पक्ष दूर्वल हुनेछ । खर्च बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । कन्या

कन्याः–शनिबार स्पष्ट मार्ग चित्र नहुदा गन्तव्यमा पुग्न सकिने छैन । आइतबार र सोमबार फल पाउन धेरै संघर्ष गर्नु पर्नेछ । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । गोपनियता भङ्ग नगरि अगाडि बढ्नु होला । मंगलबार मध्यान्हबाट विहिबार साँझ सम्म समयले साथ दिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । बादविबाद मुद्धा मामिलामा विजय हात लाग्नेछ । नोकरी तथा राजनीतिमा आफ्नो भूमिकाको खोजी हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । शेष दिन प्रतिकुल रहेको छ । काम काजमा विलम्ब,खर्च वृद्धि तथा स्वास्थ्यमा समस्या आउनेछ । तुला

तुलाः– साताको प्रारम्भमा केहि अप्ठ्राहरु पार गर्नु पर्नेछ ।पारिवारिक समस्या बढ्ने छन् । अलमलमा पर्दा स्पष्ट मार्ग तय गर्न सकिने छैन । काम काजमा विलम्ब हुनेछ । विरोधीको सामना गर्नु पर्नेछ । लगानीको सुनिश्चितता हुने छैन । शरीरिक शिथिलता बढ्नेछ । आइतवार देखि भने समय विस्तारै अनुकुल हुनेछ परिश्रम गर्न पछि नपर्नु होला । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । विहिबार पछि को समय थोरै बढि अनुकुल हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । पारिवारिक सहयोग मिल्नेछ । विदेश यात्रा हुनसक्छ । बृश्चिक

वृश्चिकः–शनिबार आफ्नै बाहुबलमा केहि काम हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आइतबार र सोमबार खर्च बढ्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा शान्ति कम मिल्नेछ । मंगलबार र बुधबार बढि अलमल हुनेछ । शेष दिन दुविधामा नपरि संयमित भएर कार्य गोपनियता अप्नाई काम गर्न सके उपलब्धिपूर्ण रहनेछन । दीर्घकालिन असर पुग्ने खालका काम हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । विरोधीहरु कमजोर हुनेछन् ।व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । परिश्रमको फल राम्रै निस्कनेछ । धनु



धनुः– शनिवारआर्थिक कारोवार नगर्नु होला । धन दिनु भयो भने डुब्न सक्छ । रविबार र सोमबार साताकै उत्कृष्ट दिन रहेका छन् । काम गर्ने जोश जागर बढ्नेछ । आफ्नै पहलमा धेरै काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्न सक्छ । अन्य दिन भने त्यति सन्तोषजनक देखिन्न । विभिन्न खालका समस्या आउने छन् । शारीरिक शिथिलता बढ्नेछ । पढाई लेखाईमा पनि सोचे जस्तो सफलता मिल्ने छैन । विश्वास गरेकाले धोका दिने छन् । पारिवारिक खर्चमा वृद्धि हुनेछ । व्यर्थको घुमाई फिराई हुनेछ । मकर

मकरः– खर्च वृद्धि हुदा साताको प्रारम्भमा आर्थिक संकट पर्नेछ । कुरा धेरै काम कम हुनेछन् । आइतबार देखि भने समयले साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । काम गर्ने जोश जागर बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । व्यापार व्यवसायबाट अम्दानी बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । पढाई लेखाईमा प्रगति हुनेछ । भूमि,औषधी चिकित्सा जस्ता पेशा व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । सातको अन्तिम दिन खर्च विवाद बढ्न सक्छ । विश्वास गरेकाले धोका दिने छन् । कुम्भ

कुम्भः–साताको पहिलो दिन कनिष्ठ देखिए पनि अन्य दिन उत्कृष्ट देखिन्छन् । समयको सदुपयोग गरेर काम गर्नु होला । विगतमा गर्न नसकेका काम हुनेछन् । काम गरेर नाम राख्न सकिनेछ । भोज भतेर सभा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । कार्य क्षमता बढ्नेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । व्यापारबाट सोचे भन्दा राम्रो आम्दनी हुनेछ । उच्च व्यक्तित्व सँगको भेटले उर्जा मिल्नेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । राज्यसँग सरोकार रहेका काममा भने कम सफलता मिल्नेछ । मीन

मिनः– शनिबार आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ भने आइतबार र सोमबार खर्च विवाद बढ्ने देखिन्छ । अनावस्यक काम बढि हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् । आलोचना सहनुपर्ला । मंगलबार देखि भने समयले पूर्ण साथ दिनेछ । बाधा अवरोधहरु हटेर जानेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । निर्णय क्षमता बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । भोज भतेर सभा समारोहमा सहभागि हुने अवसर प्राप्त हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । अर्थ व्यवस्था मजवुत हुनेछ

Comments