हेर्नुहोस विश्वको सबैभन्दा लामो कार, जहाँ हेलिप्याडदेखि स्वीमिङ पुलसम्मका सुविधा !



कार भित्रै स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सुविधा हुन्छ भन्दा जो कोहिलाई आश्चर्य लाग्न सक्छ ।तर विश्वको सबैभन्दा लामो कार ‘लिमोजिन’जसलाई ‘अमेरिकन ड्रीम’को उपमा दिईन्छ उक्त कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेका छन् । यस कारको लम्बाई १०० मिटर रहेको छ कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन्।२६ वटा पांग्राको सहायताले चल्ने कारलाई ९० को दशकमा डिजाइन गरिएको थियो । यस कारमा स्वीमिङ पुल, मिनी किचन, बाथरुम, बेडरुम तथा हेलिप्याड पनि रहेको थियो ।

कारमा अाधुनिक बिलासी सरसामानले सजीसजाउ भएपनि कारको उचीत हेरचाह हुन नसकेका कारण त्यसको अवस्था बिग्रिएको थियो । उक्त कार लामो समयदेखि न्यू जर्सीको एउटा गोदाममा सडेर रहेको छ । हाल यसको झ्याल र छत टुटिसकेको छ । विश्वको सबैभन्दा लामो कारका रुपमा यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको उक्त कारलाई फेरी नयाँ रुप दिइने पनि बताइएको छ ।

यो कार अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले सन् १९८६ मा डिजाइन गरेका थिए । विश्वको सबैभन्दा लामो कारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता भइसकेको यस कारमाथी धेरै हलीउड फिल्मकाे शुटींग भइसकेको छ ।

Comments