काठमाडौँ, भदौ ५ :कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो ।व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो ।
तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन । बजारका स्टलमा तरकारीको भाउ बुझ्दै हिँड्दासम्म कुनै समस्या थिएन । जब तरकारी बोकेको एउटा ट्रकसँग बिलबिजक मागियो, अनि लफडा सुरु भयो ।ट्रकले बिलबिजक देखाएन । अनुगमन टोलीले ट्रकमा भएको फर्सी र काँक्रा बेच्न रोकिदियो । एकैछिनमा व्यवसायी अनुगमन टोलीविरुद्ध उर्लिए ।
उनीहरूले अनुगमन सदस्यलाई कालिमाटीमै थुन्नेसम्मको प्रयास गरे । प्रहरीले टोलीलाई थुनिनबाट जोगायो, दुई व्यवसायीलाई पक्राउ ग-यो । यति लफडा हुँदासम्म बिहानको १० बजिसकेको थियो । साढे १० बजेतिर मन्त्री मातृका यादव, मन्त्रालयका सचिवलगायतको टोली पनि पुग्यो । अनुगमनलाई निरन्तरता दिए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
Comments
Post a Comment