१६ वर्षकै उमेरमा निर्माता छवि ओझाको ‘हिरो’ फिल्मबाट डेब्यु गरेकी रेखा थापा निक्कै नै चर्चित नायिका हुन् । लामो समयसम्म ‘नम्बर वान’ मा रहन सफल नायिका रेखा थापा अहिले नायिका मात्र हैन अव निर्मात्रीको रुपमा पनि स्थापित छिन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दसमा पर्न सफल भएकी थिइन् ।निर्माता छबी ओझाकी दोश्रो श्रीमतिकी रुपमा चिनिएकी रेखा अव चाडै नै विवाह बन्धनमा बाधिदैछिन् ।
उनी भन्छिन् “विवाहको योग्यता नपुगेर विवाह नभएको हो , अव मेरो योग्यता पनि पुगेको छ । अव यसै बर्ष म विवाह बन्धनमा बाधिदैछु । ” रेखा अगाडि भन्छिन् “गोजिमा गाठ भएको हैन मनमा आत भएको केटो भए म विवाहको लागि तयारी छु । ” आफ्नो हुनेवाल श्रीमानको बारेमा भने रेखाले केही पनि बताइनन् । केही समय अगाडी चलचित्र हिम्मतवालीको सेटबाट निर्देशन श्याम भट्टराई अलग्गिए पछि नायिका रेखा थापा र नव कलाकार सुदर्शन गौतम बिचको हिम चिमको कुरा गाइगुई चलेको थियो । भिडियो हेर्नुहोस
Comments
Post a Comment