गायक सागर विसी र बाला दुराको आवाजमा तीज गीत “पान बुटटे फरिया” सार्वजनिक [भिडियो सहित]

गायक सागर विसी र बाला दुराको आवाजमा तीज गीत “पान बुटटे फरिया” सार्वजनिक [भिडियो सहित]

नेपाली हिन्दु नारीहरुको माहान चाड हरितालिका तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीत आइरहेका छन। यसै क्रममा अत्यन्तै मौलिक भाकामा आधारित गीत “पान बुटटे फरिया” सार्वजनिक भएको छ । गायक सागर विसी र बाला दुराको आवाजमा रहेको नेपाली नारीहरु प्रति समर्पित गीतको भिडियो बजारमा आएको हो ।

निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भावमा सागर विसीले लेखेका छन भने लय सिर्जना ढोलराज परियारले गरेका छन । प्रकाश खड्काले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन । गीतको भाव अनुसार सुमन परियार, रिना थापा, रितु तामाङ र प्रनिल तामाङले अभिनय गरेका छन । साथै गीतको मौलिकतालाई ध्यानमा राखेर गीतको मर्म अनुसार प्रनिल तामाङले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो :

Comments