सन्नी लियोनीसँग फिल्म खेल्न लण्डन उड्दै ‘हैट’



काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली सिनेमामा काम गर्ने खबर यतिबेला चर्चामा छ । लण्डनमा छायांकन हुने नेपाली सिनेमा ‘पासवर्ड’का लागि सन्नी लियोनीले २ करोड नेपाली रुपेयाँ पारिश्रमिक लिएको बुझिएको छ ।

बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्न लागेको यस सिनेमामा सन्नी लियोनीसँग केही नाम चलेका नेपाली कलाकारहरुले काम गर्नेछन् भने केही नयाँ कलाकारले ।

जसमा अभिनेता अनुपविक्रम शाही, विक्की जोशी, नयाँ अभिनेत्रीहरु परी राना, लिसा सुनार,अभिनेत्री छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा, बुद्धि

तामाङ, विक्रान्त बस्नेतलगायत छन् । यही सिनेमाको छायाकंनका लागिअभिनेता बुद्धि तामाङ भोलि अर्थात शुक्रबार लण्डन उड्नेछन् । यस सिनेमामा सन्नीसँग अभिनेता अनुपविक्रम शाहीले सबैभन्दा बढी सिन गर्नेछन् । उनी यो सिनेमामा भिलेनको भूमिकामा हुनेछन् ।

अभिनेत्री सन्नी लियोनी पनि सिनेमाको छायाकंनका लागि भारतबाट लण्डन उड्ने तयारीमा छिन् । नेपालका अन्य कलाकारहरु पनि केही दिनमा लण्डन उड्नेछन् । आइतबारदेखि छायाकंन हुने यस सिनेमाको छायाकंनका लागि २० जनाको टोली यसअघि नै लण्डन पुगिसकेको छ ।

यो सिनेमा ३० करोडमा बन्ने बताइएको छ । सिनेमाको ९८ प्रतिशत छायाकंन लण्डनमा हुनेछ भने बाँकी छायाकंन नेपालमा गरिने भएको छ ।

सम्राट बस्नेतको निर्देशनमा बन्ने यो सिनेमालाई नेपाली र बलिउड चलचित्र र संस्कृतिलाई एकसाथ जोड्नका लागि निर्माण गर्न लागिएको निर्माण पक्षले बताएको छ । प्राविधिकदेखि सिनेमा छायाकंनका लागि प्रयोग हुने सबै सामग्री भारतबाटै लगिने निर्माण पक्षले जनाएको छ ।

साभार -उज्यालाे

Comments