पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न ९१ वर्ष लागिन्, पति महेन्द्रसँग उनका केही दुर्लभ तस्बिर



काठमाडौं : आज सोमबारबाट ९० वर्ष पूरा गरेकी पूर्ववडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९१औ जन्मोत्सव भव्य हुने भएको छ । उनि राजा महेन्द्र शाहकी श्रीमती हुन् ।

दरबार हत्याकाण्ड भएको १७ वर्षपछि भब्य रुपमा मनाउन लागिएको यो पहिलोपटक हो । पूर्वराजा ज्ञानेन्द्रले आमाको ९१औ जन्मजयन्ती भब्य रुपमा मनाउने तयारी गरेको हो ।

करिब दुई साता लामो थाइल्याण्ड बसाइपछि यही १ गते नेपाल फर्किएका ज्ञानेन्द्रले आमा रत्न ९० वर्ष पूरा गरेको उपलक्ष्यमा उन को जन्मदिनलाई भब्य रुपमा मनाउन लागेको हो ।

दरबार हत्याकाण्डपछि पनि महेन्द्र मञ्जिलमै बस्ने गरेकी रत्न अहिलेसम्म निर्मल निवासले दरबारले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी हुने गरेको छैन ।

हेर्नुस दुर्लभ फोटोहरु :







Comments