काठमाडौं, साउन २९: गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिएका छन् । उनले मङ्गलबार सङ्घीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कारवाहीको दायरामा ल्याइएको पनि खुलासा गरे।
गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवही रहेको पनि छानविनबाट पत्ता लगाइएको पनि बताए। ३३ किलो सुन तस्करीका लागि गठित छानविन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानविनको दायरामा ल्याएको गृहमन्त्री थापाको दावी छ। गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको दावी पनि गरे।
Comments
Post a Comment