छोराछोरीसँग सुतिरहेका बेला बलात्कृत, सुरुङ खनेर घरभित्र पसे बलत्कारी


भदौं । एकपछि अर्को बलत्कार र मरणीका घटना सार्वजनिक भईरहेका बेला अर्को उक अनौठो घटना सार्वजनिक घटना भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ कि २५ वर्षीया एक महिलाले गएको मंगलबार राति आफूमाथि जबरजस्ती करणी गरेको बताएकी छन् । जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारी महोत्तरी एकडाँडा गाउँपालिका–३, बस्ने ४१ वर्षका रामरोहित मण्डल सुरुङ खनेर घरभित्र पसी आफूलाई मुखथुनेर जबरजस्ती करणी गरेको पीडित महिलाको आरोप छ ।

पति वैदेशिक रोजगारमा रहेको र तीनजना छोराछोरीसँग सुतिरहेको मौका छोपी कर्मचारी मण्डलले बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । ती महिलाले विद्युत प्राधिकरणकामा घरमा विद्युत जडान गर्न निवेदन दिएकी थिइन् ।



दुई दिनअघि कर्मचारी मण्डल मिटर जडान गर्न भन्दै पहिला घर हेर्न गएका थिए । घरमा पसेर कहाँ मिटर ठोक्ने भन्दै पुरै घर हेरेको र त्यसपछि रातिको समयमा घरमा सुरुङ खनेर पसी बलात्कार गरेको पीडित महिलाको भनाइ छ ।

उजुरी दर्ता गरेर दोषीमाथि कारबाही नभए कडा आन्दोलन गर्ने स्थानीयबासिन्दाले चेतावनी समेत दिएका छन् ।

Comments