काठमाडौँ- दशैंमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को टिम यतिबेला नवलपरासी पुगेको छ । यो टिमले फिल्मको दोस्रो गीतको सुटिगं गरिरहेको छ ।चलचित्रका मुख्य कलाकारको साथमा निर्देशक दिपाश्री निरौला, कोरियोग्राफर कविराज गहतराज, छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान नवलपरासी पुगेका हुन् ।
निर्देशक दीपाश्री निरौलाका अनुसार, अहिले सीजी ग्रुपको परिसरमा चलचित्रमा समावेश ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ भन्ने गीतको छायांकन भैरहेको छ । यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।यो गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ ।
Comments
Post a Comment