काठमाडौं । दुवै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा रहेकी गुल्मी हुँगाकी एक १२ वर्षीया बालिकाका परिवारजनले उनको जिवन रक्षाका लागि सबैसँग हयोगको अपिल गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर–१ , हुँगाकी बन्दना भण्डारीका परिवारजनले यस्तो अपिल गरेका हुन् ।
उनका पिता जिवन भण्डारीले भने–‘मेरो सबै श्री–सम्पत्ती बेचे पनि छोरीको उपचार गर्न सक्ने अवस्था छैन । केही उपाय नलागेपछि उनको जिवन रक्षाका लागि सञ्चार माध्यम मार्फत सबैसँग सहयोगको हात फैलाएको हुँ ।’
उनका ठुला बुबा तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले पनि त्यो परिवारको केही उपाय नलाग्ने भए पछि सबैसँग सहयोग गरी दिन आग्रह गरेका छन् ।बन्दना भण्डारी:१० महिना अघि देखि ती बालिका महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराई रहेकी छन् । उनलाई सहयोग गर्न चाहनेहरुले उनै कृष्ण भण्डारीको मो. नम्वरमा ९८५७०६१८४० मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
-nagariksamachar
Comments
Post a Comment