कुवेत । कुवेतमा एक नेपालीको हृदयघातबाट निधन भएको छ ।
सुनुवार सेवा समाज कुवेतका अध्यक्ष समेत रहेका गुण बहादुर सुनुवारको दिउँसो १२:४० मा हृदयघातका कारण असामयिक निधन भएको हो ।
बिहानै देखि अस्वस्थ महसुस गर्दै अस्पताल जान बाहिर निस्केका गुण बहादुर आफ्नै निवास नजिकै रोडमा लडिरहेको अवस्थामा भेटिएका थिए ।
कुवेत प्रहरीले कुवेतको अदान हस्पिटलमा पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको थियो ।
मृतक अध्यक्ष गुण बहादुर सुनुवारको शव अदान हस्पिटलमै राखिएको भएपनि केही समयपछी फर्वानिया अस्पताल रिफर गर्ने भएको जानकारी प्राप्त भएको छ। -हाम्रोसंचार
Comments
Post a Comment