१३ बर्षिय टुहुरा सनी कहिल्यै फकर्ने छैनन्
खेम बम, काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिकाका सनी खुना बिहिबार कुचिकार बुवा काम गर्ने कार्यालयमा सघाउन गएका थिए । बुवा वीरबहादुर बिरामी भएपछि उनी भिमदत्त नगरपालिकाको कार्यालय सरसफाई गर्न त्यहाँ पुगे । सनि आफ्नो विद्यालय छाडेर त्यो दिन नगरपालिकाको कार्यालयमा गए, कहिल्यै नफकिर्ने गरी ।
१३ वर्षिय सनी निकै मेहनती र ईमान्दार थिए । कलिलै उमेरमा बुवाका दाहिने हात उनी अब सदाको लागि बिदा भएका छन् । बुवा बीरबहादुर खुनाको हात भाँचिएको छ । उनका आँखा ओभाएका छैनन् । गाँउमा बच्चा खेलेको देख्दा सनि भन्दै बीरबहादुर झस्किन्छन् ।
कञ्चनपुरमा निर्मला पन्त हत्याको विरोधमा आन्दोलन चर्किदै थियो, प्रदर्शनकारीले आन्दोलनलाई हिंसाको रुप दिएपछि प्रहरीले गोली चलाउन बाध्य हुनुप¥यो । जुन गोली लागेर बिहिबार सनिको मृत्यु भयो । दुई बर्षको कलिलो उमेरमा आमा गुमाएका सनि बुवाकै काखमा हुर्किए, बढे र ६ कक्षामा पढ्दै थिए । उनका लागि आमा बुवा जे भने पनि ती कुचिकार बुवा बीरबहादुर नै थिए । बुवाले नसकेको अवस्थामा बिरामी भएका सनिले नै सहयोग गर्ने गर्दथे ।
शुक्रबारको प्रदर्शनले कञ्चनपुर शोकमग्न बनेको छ । जहाँ एक किशोरले अकालमै ज्यान गुमाए । प्रहरीले हिंसात्मक बनेका आन्दोलनकारीलाई तितरवितर पार्न खोज्दा गोली चलाउनुप¥यो । तर, त्यसको परिणाम सनिले ज्यान गुमाए । उनीसँगै अरु कैयौंलाई गोली लागेको थियो । घाइतेहरुको उद्धार गरी करिब पाँचसय मिटर टाढा रहेको महाकाली अञ्चल अस्पतालमा पुर्याउँदा चिकित्सकले सनिलाई मृत घोषणा गरे ।कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं १८ भगतपुरको सुकुम्बासी बस्तिका बीरबहादुर खुनाको अवस्था अत्यन्त सामान्य छ । आफ्नो जग्गा जमिन छैन । पहिलो पत्नि (सनिकी आमा) को मृत्यु भएपछि उनले दोस्रो विवाह गरे । कान्छी पत्नितर्फ उनका दुई छोरी र एक छोरा छन् ।
परिवारको जेठोबाठो छोरा यिनै सनि थिए । बुवाले नगरपालिकामा कुचिकारको काम गरेर परिवार पाल्नुपर्ने अवस्थाका कारण कुनै दिन बुवाले काम गर्न नसके सघाउन तयार हुन्थे । शुक्रबार साँझपख आन्दोलनमा गोली चलेको र सनि खुनाको मृत्युको खबर फेसबुकमा देखेपछि आफुहरु आश्चर्य चकित भएको उनका मामा प्रकाशले बताए । फेसबुक लगायत सामाजिक सञ्जालबाट टाढै रहेका सनिका बुवा बीरबहादुरलाई शुक्रबार राति अबेरसम्म घटनाबारे थाह नभएको प्रकाश बताउँछन् । मृतक बालक सनिलाई अहिले महाकाली अञ्चल अस्पतालको शवगृहमा राखिएको छ ।
भिडियो…
Comments
Post a Comment