मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?



काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहेको खुलासा गरेका छन्।

‘स्थानीय सरकार, प्रदेश सरकार विदेश गएको गएकै छन्, परराष्ट्र सम्बन्ध विस्तार गरिरहेका छन् । त्यो अधिकार संविधानले दिएको छ ? केन्द्रले सोध्यो भने हामी छुट्टै सरकार हौं भन्छन्, यसो भनेर देश चल्छ ?’

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने । उनकाे यस्ताे अभिब्यक्तिले नेकपाका जनप्रतिनीधीहरु सिधै निशानमा परेका छन्। जसले पार्टीमा हलचल नै ल्याएकाे छ।

Comments