
बेनी, १३ भदौ । बेनी नगरपालिका–६ भरालेका तुलबहादुर बानियाँले गरिबीकै कारण तीनबर्ष अगाडि घरभित्रै भान्छाकोठाको आत्महत्या गरे । एकबर्षे दुधे बालक, दुईछोरीसंगै भोकै सुतेकी सिताले विहान उठ्दा पतिमात्रै गुमाईन् भोकै सुतेका छोराछोरीलाई आँखामा देखेको सपना समेत चकनाचुर भए ।
दैनिक ज्याला मजदूरी गरेर परिवारको गुजरा चलाउँदै आएका तुलबहादुरले एकबर्ष छोराछोरीलाई विहान बेलुकी दुई छाक जोहो गर्न समेत मुस्किल भएपछि परिवारको पीडालाई लुकाउन बाध्य भएर आत्महत्याको बाटो रोजे । छिमेकीलाई मागेर गुजारा चलाएपनि कैयौं रात भोकै सुत्नु परेपछि छोराछोरीको अनुहारलाई हेर्न नसकेपछि पटक–पटक आत्महत्याको प्रयास गरेपनि आफुँले जोगाउने गरेको सिता बानियाँले बताईन् ।
गरिबीका कारण श्रीमानले प्राण त्याग गरेको बताउँदै बानियाँले अहिले पनि विहानबेलुकी हातमुख जोड्न मुस्किल भएको बताईन् । आर्थिक अभावका कारण मानसिक पीडा हुने गरेको बताईन् । घरभित्र भत्किनै लागेको घर बाहेक सम्पत्ती केही नभएको बताउँदै उनले सहयोगको याचना गरिन् । बुबाको मृत्यु भएपछि ८ की इश्वरी,६ बर्षकी सरस्वती र ४ बर्षीय गणेशलाई स्थानीयले खाद्य साम्रागी सहयोग गर्ने गरेका छन् ।
जमिनको नाममा एक टुक्रा पनि भएपछि गाउँलेले बनाइदिएको घरमा बस्दै आएका बालबालिका निकै कष्टपूर्ण तरिकाले दिनरात गुजादैं आएको छिमेकी रामचन्द्र पौडेलले बताए । उमेरले ८ बर्षमा प्रवेश गरेकी इश्वरीले बुवाले पासो लगाएर कोठामै आत्महत्या गरेको देखिन् । अझैपनि उनले भान्सा कोठामा प्रवेश गर्नेलाई आफ्नो बुबाले प्राण त्याग गरेको ठाउँ देखाउँछिन् ।
आर्थिक अभावले भोकभोकै बसेपनि उनीहरु चकचक गर्दैनन् । बर्षाको समयमा घरको भुईबाट पानी भित्र प्रवेश गर्ने गरेको छ भने घर चुहिँदा लत्ताकपडा, पुस्तक, कपि भिजाइदिने गरेको इश्वरीको भनाई छ । भान्सा कोठाको छेउमा रहेको एउटा बाकस जस्तै देखिनेमा किताब लुकाएर राख्ने गरेकी छन् ।
भराले गाउँका स्थानीयले खाद्य साम्रगी सहित बालबालिकालाई लत्ताकपडा समेत सहयोग गर्ने गरेका छन् ।घरकी जेठी छोरी इश्वरी पढाईमा अब्बल भएपनि घरको अवस्थाले शैक्षिक वातावरणले समेत आर्कषित गर्न सकेको छैन् । गाउँलेको सहारामा बाँचेका बालबालिकालाई उचित शिक्षादीक्षा,लत्ताकपडाको आवश्यकता रहेको छ ।
बर्खाको समयमा टिनबाट पानी चुहिन थालेपछि समान्य मर्मत गरिएको छ । यता वडा कार्यालयले समेत आर्थिक सहयोगका लागि पहल गरेको छ । यसैबीच आर्थिक सहयोग जुटाउन सुन्दर बानियाँ र तेजेन्द्र बानियाँको संयोजकत्वमा समिति समेत बनाइएको छ । समितिले ७५ हजार २६५ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेको छ । त्यस्तै बेनी सामुदायिक माविका शिक्षकले समेत खाजा खर्च कटाएर ११ हजार ६ सय ५० सहयोग गरेका छन् ।
Comments
Post a Comment