आजको राशिफल : वि.सं.२०७५ साल भाद्र ०७ गते । बिहिबार । ईश्वी सन् २०१८ अगष्ट २३ तारिख । नेपाल सम्बत् ११३८ ।

वि.सं.२०७५ साल भाद्र ०७ गते । बिहिबार । ईश्वी सन् २०१८ अगष्ट २३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण शुक्ल पक्ष । तिथि दुवादशी,११ घडी ५६ पला,बिहान १० बजेर २५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र उत्तरषाडा अहोरात्र । योग आयूष्मान ३६ घडि ४७ पला,बेलुकी ०८ बजेर २१ मिनेट उप्रान्त सौभाग्य । करण वालव,बिहान १० बजेर २५ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त तैतिल । आनन्दादीमा सौम्य योग । चन्द्रराशि धनु,बिहान ११ बजेर ४७ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी १५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्राविधिक शिक्षाको सदुपयोग गरि परिणाममुखि काम गर्न सकिनेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेम सफल रुपमा अगाडि बड्ने समय रहेकोछ भने जीवन साथिको सल्लाह लिएर अगाडि बढ्दा नतिजा राम्रो आउनेछ ।शुभ अंक — १,४ शुभ दिशा — दक्षिण, शुभ रंग — रातो कार्य सद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । बिहान सम्मको समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । ,शुभ अंक — २,३ शुभ दिशा — पुर्व, शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापारमा लागानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त साथिभाईको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा ध्यान जानेछ भने चाहेजस्तो नतिजा हात पार्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा नजिक हुने तथा विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु हुनेछन् । भौतिक सम्पति तथा विलाशी वस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।शुभ अंक —१,४ शुभ दिशा — पश्चिम,शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।शुभ अंक — १,५ शुभ दिशा — दक्षिण, शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग टाडिए यात्रामा निस्कनु पर्दा मन खिन्न हुँनेछ । राजनिति तथा समाजसेवामा आलोचना सहितको समर्थन पाईने योग रहेकोछ । शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त)बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउँनेछ । छोटो तथा रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा कामहरु हुँनेछन् । मध्यान्ह्बाट समय मध्ययम रहेकोले राजनितिकर्मी तथा समावसेवीले जनताको मन जीत्नको लागि बढीनै समय अर्चिनु पर्नेछ । घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । शुभ अंक — ३,७ शुभ दिशा — उत्तर, शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अरुलाई प्रभावित गरेर काम लिन सकिनेछ भने सहयोगीहरुबाट भनेजस्तो साथ पाईने हुदा मन प्रशन्न रहनेछ । काममा ईमान्दारिता पुर्वक समर्पित हुदा उच्च मुल्याङकन हुनेछ भने नोकरि पाउने तथा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । पराक्रमि क्रियाकलापहरुमा भाग लिई दिईने प्रस्तुतिले सबैको मन तान्नेछ । माया प्रेमको डोरो कसिनेछ भने घर परिवारबाट सबैको सहयोया पाईने योग रहेकोछ । पढाई लेखाईमा भनेजस्तो सफलता मिल्नछ तथा बुद्धि र बिवेकको प्रयोग गरि आजको दिन फलदायि बनाउन सकिनेछ ।शुभ अंक — ४,८ शुभ दिशा — पश्चिम, शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ ।शुभ अंक — ३,६ शुभ दिशा — उत्तर, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)बिहानको समयमा बैदेशिक क्षेत्र सँग सम्बन्धित कामहरु हुँनेछन् भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । मध्यान्हबाट सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना विषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । शुभ अंक — १,४ शुभ दिशा — उत्तर, शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने प्रतिश्पर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् । बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुँने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुँने गतिलो सम्भावना रहेको छ । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन ।शुभ अंक — २,३ शुभ दिशा — उत्तर,शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । शुभ अंक —३,६ शुभ दिशा — पुर्व,शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
Comments
Post a Comment