अमेरिकी नागरिकले नेपालका नेतालाई टुँडीखेलमा राखेर नाँकको डाँडी भाँचिदिन्छु भन्न पाउँछ ? हेर्नुस् भिडियो



भाद्र १ गतेबाट नयाँ कानून लागू भएको छ । कानूनका विविध पक्षहरुलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यममा त्यसको चर्को आलोचना भइरहँदा यस्ता कानूनले नेपाली पत्रकारिता जगतलाई कस्ता असर गर्छन् भन्ने विषबारे नेपाल आजले प्रेस काउन्सील नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग कुराकानी गरेको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार यो नियमबारे प्रेस काउन्सीलले वैशाखदेखि लगातार सामाजिक सचेतनाका कार्यक्रममार्फत मिडिया ‘स्टेक होल्डरहरु’लाई कार्यक्रम गरेर जिल्ला जिल्लामा कार्यैक्रम गरेर वैशाखदेखि नै चेतावनी दिइसकेको थियो ।

अध्यक्ष श्रेष्ठले नेपाली पत्रकारितामा ‘क्वालिटी’ को पत्रकारिता नहुनुमा राज्य पनि दोषी भएको बताएका छन् । क्वालिटीको पत्रकारितालाई पालना गर्न गराउन अब काउन्सिलले नयाँ नियम ल्याउने भएको छ । उनले भने, ‘अब पत्रकारिता पढाउने कलेजहरुसँग हामी समन्वय र सहकार्य गर्छौं ।

Comments