बाग्लुङ : १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शिखा विक (नाम परिवर्तन) लाई उनका आफ्नै बुबा रामबहादुर विक (नाम परिवर्तन)ले बलात्कार गरेको आरोपमा प्रहरीले बुबालाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय रामबहादुरलाई पक्राउ गरेको हो ।
गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी परेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए । प्रहरीले रामबहादुरलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ ।
स्रोत : न्युज २४
Comments
Post a Comment