भारतकी एक महिलाले श्रीमान्सँगको आपसी विवादमा श्रीमानको घाँटी थिचेर हत्या गरेकी रहेछिन्। यो भारतको कैमुर जिल्लाको चैनपुर क्षेत्रको हो। यहाँ एक महिलाले आपसी विवादमा आफ्ना श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो घटनाको जानकारी त्यतिबेला भयो जतिबेला गाउँका केही मानिस राजूलाई काममा जानकालागि बोलाउन गएका थिए। उनका साथी उनलाई काममा जानकालागि बोलाउन उनको घरमा पुग्दा बाहिर जुन दृष्य देखे साथीको होश उडेर आत्तिदै प्रहरीलाई खबर गरेको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
राजुका घरमा पुगेका उनका साथीहरुका अनुसार राजुको शव खाटमा देखेपछि सो क्षेत्रमा हल्लाखल्ली नै मच्चिएको थियो । राजुका घरमा पुगेका उनका साथीहरुका अनुसार राजुको शव खाटमा राखेर बिन्दाश शैलीमा कपाल कोरिरहेकी थिइन्। जुन दृश्य प्रहरी घटनास्थल पुग्दा समेत देखिएको थियो ।
Comments
Post a Comment