लण्डन । नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नाइपलको ८५ वर्षको उमेरमा निधन भएको छ । लण्डनस्थित निवासमा उनको निधन भएको परिवारले जनाएको छ।
सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका उनी आफ्ना महान् साहित्यिक कृति ‘अ हाउस फर मिस्टर विश्वास’ र ‘अ बेन्ड इन द रिभर’का लागि चर्चित छन्।
३० भन्दा बढी पुस्तक लेखेका भिएस नाइपलले सन् १९७१ मा बुकर पुरस्कार जितेका थिए भने सन् २००१ मा साहित्यतर्फ नोबल पुरस्कार जितेका थिए।
उनकी श्रीमतीले नाइपलले ‘जे जे हासिल गरे त्यो बृहत् भएको’ बताएकी छन्।
Comments
Post a Comment