पशुपति परिसरमा लापरबाही: बेन्चमा बस्ने एक जनाको ज्यान गयो


काठमाडौँ । पशुपति क्षेत्रमा बेन्चमा बस्ने क्रममा करेन्ट लगेर एक जनाको ज्यान गएको छ ।

पशुपति विकास कोषले जथावाभी बिजुलीको करेन्टसहितको तार छोडेकाले अप्रिय घटना भएको हो । मृत्यु हुनेमा काठमाडौं महागरनगरपालिका ७ का ४४ वर्षीय पुष्प गन्धर्व रहेका छन् ।

कोषको लापरवाहीले मृत्यु भएको भन्दै स्थानीयले जयवागेश्वरी क्षेत्रमा विरोध प्रर्दशन गरी केही समय सडक अवरोध समेत गरेका छन् ।

शनिबार राति ८ बजेको समयमा काम सकेर पशुपति क्षेत्रस्थित बेञ्चमा आराम गर्न बसेका पुष्पको करेन्ट लागेर मृत्यु भएको थियो ।

पशुपति क्षेत्रभित्र रहेको स्टिलको बेञ्चमा जोडिएको विद्युतीय तारबाट करेन्ट लागेर उनको मृत्यु भएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ।

परिवार तथा आफन्तले कोषको लापरवाहीले गन्धर्वको ज्यान गएको आरोप लगाएका छन् । उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको समेत माग गरेका छन् ।

पीडितपक्षले प्रहरी वृत्त गौशालामा कोषविरुद्ध उजुरीसमेत दर्ता गराएका छन् ।

Comments