
प्रेममा पागल एक युवतिले यस्तो हर्कत गरेकि छिन् । अमेरिकामा एक युवती एक जना युवकको प्रेममा यसरी एकतर्फी पागल भईन् की जुन कल्पना पनि गर्न गाह्रो हुन्छ । पहिलो पटक ति युवकसँग डेटिङमा गएकी अमेरिकन युवती ३१ वर्षीया ज्याकलिन एडेस उक्त युवकसँग यति सम्म मोहित भईन् की उनले १ वर्षको अवधिमा ती युवकलाई एकोहोरो ६५ हजार म्यासेज गर्न भ्याईन् ।
उनले पठाएका धेरैजस्तो म्यासेज निकै अनौठो लाग्दा र धम्कीपूर्ण पनि थिए । अमेरिकाको एरिजोनाको फोनिक्सकी बासिन्दा ज्याकलिन एडेसलाई प्रहरीले गत मे ८ मा पक्राउ गरेको छ । उनीमाथी दुर्व्यवहार, धम्की र आक्रमण गर्ने प्रयास गरेको लागयतका आरोप छन्। पक्राउ परेसँगै ज्याकलिन ले आफुले ती युवाकलाई सन्चो प्रेम गर्ने बताएकी छन् । उनले पहिलो पटक डेटीङ गएपछि ति युवक आफ्नो जीवनसाथी बन्न लायक रहेको र उनीसंगै बिहे गेरेर बसौँ जस्तो सोच आएको पनि बताएकी छन् ।
उनीहरु लक्जी नामक एक अनलाइन डेटिङ साइटबाट भेट भएका थिए । उनले आफुले ति युवकलाई निस्वार्थ भावनाले प्रेम गर्ने पनि बताएकी छन्। यद्यपी, उनले पठाएका केहि म्यासेजहरु निअकि आपत्तीजनकर डरलाग्दा पनि छन् । उनले मलाई धोका दिने कोशिस सम्म पनि नगर्नु‘नत्र मारिदिन्छु १ म मलाई हत्यारा बन्न बाध्य नपार्नु ल‘१ यस्तै यस्तै म्यासेज ज्याकलिले गरेकी छन् ।
यतिमात्र कहाँ हो र आफु नयाँ हिटलर भएको र रगतले नुहाउन चाहेको लगायतका म्यसेझारू पनि पठाउने गरेकी थिइन्। उनले ति युवकलाई दिनमै ५०० वटा भन्दा बढी माय्सेज्क गर्ने गरेकी थिइन् । तर, उनले गत महिनाबाट निकै उग्र रुप देखाउँन थालेकी थिइन् ।
यतिसम्म की एक दिन उक्त युवकको घरमै घुसेर उनको बाथटवमा नुहाउन लागिन् । उनले काम गर्ने अफिसमै गएर आफू उनको श्रीमती भएको भन्दै सबैसँग भन्दै समेत हिडिन् । जसले सबैलाई अस्चार्य चकित तुल्लायो । प्रेममा मानिस अतिधेरै अन्धो हुन्छन भन्ने यी युवतीले पुस्टि गरेकी छिन् ।
Comments
Post a Comment