आचल शर्मा र आकाश श्रेष्ठलाई दर्शकलाई घेरे पछी माहोल यस्तो बन्यो [भिडियो हेर्नुहोस ]



शुक्रवारदेखि प्रदर्शनमा आएको प्रदिप श्रेष्ठ निर्देशित चलचित्र ‘ब्ल्याक’मा नायिका आँचल शर्मालाई हेर्न मात्रै दर्शकहरु ओइरिए। त्योसंगै उनले अभिनय गरेको ‘ब्ल्याक’ चलचित्र हेर्नेको पनि त्यत्तिकै छन्।शनिबार निर्माण टिम कलाकार आँचल शर्मा, आकाश श्रेष्ठ तथा आयुष रिजालका साथ राजधानीका विभिन्न हलमा पुगेको थियो। पहिले पटक अभिनेत्री आँचल शर्मा फिल्म ‘ब्ल्याक’ अभिनेता पल शाह विना देखिएकी छिन्।

यो फिल्ममा अभिनेता आकाश श्रेष्ठसँग रोमान्स गरेकी आँचलप्रति दर्शकको निकै क्रेज देखिएको थियो। उनी जहाँ पुग्छिन् त्यहाँ दर्शकको भिड लाग्ने गरेको थियो। आँचल लगायत या फिल्मका कलाकार हलमा पुग्दा उनका फ्यान तथा दर्शकको भिडभाडले हुटिङ गरेको थियो।हलमा उपस्थित दर्शकजति सबैले हातहातमा मोवाइल झिकेर तस्विर मात्रै खिचेनन् आँचल लगायत कलाकारहरुसँग सेल्फि पनि खिचेका थिए। उनीहरुले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया पनि दिएका थिए। भिडियो हेर्नुहोस

Comments