निर्मला हत्याकाण्ड: राेशनीकी अामाले भनिन् हाे यहाँ सुरक्षाकर्मी अाउँछन् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)



काठमाडाैं । निर्मला पन्त प्रकरण झन् झन् रहस्यमय बन्दै गएकाे छ । अाइतबार घटनाबारे बुझ्न त्यहाँ पुगेका पत्रकार रबी लामिछानेसँग कुरा गर्दै राेशनी तथा बबिताकी अामाले अाफ्नाे घरमा घटना भएकाे भन्ने झुटाे भएकाे दाबी गरेकी छन् ।

तर उनकाे कुरा गरार्इबाट भने थप रहस्य छ भन्ने कुरा सहनै अाँकलन गर्न सकिन्थ्याे । उनले कुराकानीका क्रममा राती सुरक्षाकर्मीहरु अाउने र अाराम गर्ने गरेकाे ठाउँ समेत देखाएकी छन् । तर एसपी डिल्लीराज विष्टलार्इ भने नचिनेकाे बताएकी छन् ।

अम्बाकाे रुख किन काटेकाे भनेर रबी लामिछानेले प्रश्न गर्दा उनकाे जवाफ यस्ताे थियाे ‘ के थाहा अाज याे घटना घट्याे भाेली घट्न सक्छन् । फाँसी हुने डरले हामीले काटेका हाैं ।’

उनकाे कुरा गरार्इ हेर्दा एकाेहाेराे, शरिर कापीराखेकाे र भुँर्इतिर हेरेकाे देखिन्थ्याे । उनले मिडियाहरुले गर्दा अाफूहरु बदनाम भएकाे अाराेप लगाएकी छन् ।

फेरी उनले अाफ्नाे घरमा र छाेरीबाट याे घटना घटेकाे भए फाँसी स्विकनर गर्न अाफूहरु तयार रहेकाे बताएकी छन् ।

Comments