प्रहरी माथि मुक्का प्रहार, प्रहरीले बर्षायो टाउकोमा (भिडियो)


जागिरमा पुर्नबहालिको माग राख्दै आन्दोलनरत सामाजिक परिचालकलाई प्रहरीले हातपात गर्दा १० जना आन्दोलनकारी घाइते भएका छन् ।

घाइते हुनेहरुमा रेनु सुनार, भगवनी लामिछाने, शर्मिला ढकाल, सिता सुवेदी, शर्मिला पौडेल, बिष्णु माया नेपाली, अमृता बस्याल नेपाली, तेजप्रसाद शर्मा, मोहन थापा रहेका छन् ।

जसमध्येमा बिष्णुमाया नेपाली र अमृता बस्यालको टाउकोमा चोट लागेको संघर्ष समितिकी संयोजक कमला खनालले जानकारी दिइन् ।

कामको मुल्याकंन नगरि अवकाश दिएको विरोधमा संघले देशव्यापि रुपमा विरोधका कार्यक्रम गर्दै आइरहेको छ ।

तत्कालिन संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट, ०७४ पौष १४ गते देशभर एकसाथ ४ हजार ६ सय ६४ जना सामाजिक परिचालकलाई जागिरबाट निष्कासित गरिएको थियो ।

Comments