आजको राशिफल वि.सं.२०७५ साल भाद्र १४ गते । बिहिबार । ईश्वी सन् २०१८ अगष्ट ३० तारिख । नेपाल सम्बत् ११३८ ।



वि.सं.२०७५ साल भाद्र १४ गते । बिहिबार । ईश्वी सन् २०१८ अगष्ट ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । भाद्र कृष्ण पक्ष । तिथि चतुर्थी,३५ घडी ०१ पला,बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त पंचमी । नक्षत्र रेवती,३३ घडी ०४ पला,बेलुकी ०६ बजेर ५५ मिनेट उप्रान्त अश्विनी । योग गंड ३७ घडि ०५ पला,बेलुकी ०८ बजेर ३२ मिनेट उप्रान्त वृद्धि । करण बव,बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त वालव,बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त कौलव । आनन्दादीमा मित्र योग । चन्द्रराशि मिन,बेलुकी ०६ बजेर ५५ मिनेट उप्रान्त मेष । पञ्चक समाप्ती ।काठमाडौंमा सूर्योदय ५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ४९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विदेशमा सञ्चालित निकाए तथा सस्थाहरुमा काम पाउँने तथा पदोन्नती हुँने प्रशस्त सम्भावना रहेकोछ । लामो दुरिको उपलब्धिमुलक मनोरञ्जनात्मक तथा व्यावसायिक यात्रा हुनेछ । बिदेशमा बसेर समय तथा रुपैया पैसा लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्ने योग रहेकोछ । आफ्ना साथिभाई तथा अग्रजका सहि सुझावले एक दुई कदम अगाडि बढि प्रगति पथमा लम्कन सकिनेछ । प्रेम प्रशङमा एक अर्काबिच कुरा बाजिय पनि अन्तत एक अर्काको भावना बुझेरै अगाडि बढ्न सकिनेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।शुभ अंक — २,३ शुभ दिशा — पुर्व, शुभ रंग — कफि कार्य सद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिशेष समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।शुभ अंक — ३,६ शुभ दिशा — उत्तर, शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम



मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन ।शुभ अंक — ३,७ शुभ दिशा — पुर्व,शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाग्यभावमा गोचर गर्ने चन्द्रमाले खोज तथा अनुशन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । धाार्मिक तथा शैक्षिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ भने मन्दिर तिरको यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे आम्दानि गर्न सकिनेछ । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरि राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । शुभ अंक —१,५ शुभ दिशा — दक्षिण, शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउँनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बेलुकीपख शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । शुभ अंक — २,६ शुभ दिशा — पुर्व,शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) मन परेको भौतिक बस्तु तथा विलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवन साथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने समय रहेकोछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम



तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नजाने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय पात्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । शुभ अंक — ३,७ शुभ दिशा —पश्चिम, शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ । शुभ अंक — ५,८ शुभ दिशा — दक्षिण, शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मबल मजभुत हुँने हुँदा जस्तो सुकै चुनौतिको सामना गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । आमा वा आमा सरहका मानिसबाट भनेजस्तो समर्थन पाईन हुँनादे अग्रगामि छलाङ मार्न सकिनेछ । अध्ययन अध्यापनमा राम्रो स्थान प्राप्त हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमाला लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने घर जग्गाको कारोबार फस्टाएर जानेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ ।शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम, शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा समय दिन नसक्दा आर्थिक आर्थिक कारोबार बिग्रनेछ ध्यान दिनुहोला । आफ्नै भन्नेहरुले अबिश्वास गर्ने तथा धोका दिनेछन् भने छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि गन्तब्यमा पुग्न बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । अध्ययन अध्यापनमा मन नजादा चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछैन । न्यायिक निर्णहरु तपाईको पक्षमा नआउँने हुँनाले कुनै पनि बादबिवाद तथा मुद्दा मामिलामा सामेल नहुँनु होला । दाजुभाई तथा छिमेकि सँग नचाहादा नचाहादै बिवाद हुँने तथा छुट्टिनु पर्ने अवस्थाको सिर्जना हुनेछ ।, शुभ अंक — १,६ शुभ दिशा — उत्तर, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएरु जानेछन् । छोटो तथा लामो दुरिको उपलब्धिमुलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा दाजुभाई हरुको सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ ।शुभ अंक — २,७ शुभ दिशा — पश्चिम, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम



मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुने हुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ । राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । शुभ अंक —३,६ शुभ दिशा — उत्तर, शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

Comments