कोरियामा मोजमस्तीका लागि यसरी फस्छन् नेपाली युवाहरु ! पूरा पढ्नु होस ।


अर्जुन बराल/नेपाल कोरिया

डडेलधुराका रमेश महरा (नाम परिवर्तन) अविवाहित हुन् । कोरिया आएको चार वर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुई लाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए ।

महिनामा कम्तिमा दुईपटक यौनबजारमा उनको बाँस हुन्थ्यो उनी सोच्दथे रंग रमाईलो विनाको के जिवन दुर्भाग्य आज उनी दश महिना देखि यौन रोग सिफलिसको औषधी सेवन गरिरहेका छन् ।

दाङ्ग घर बताउने मुरारी कोरिया आएको दुई बर्र्ष पुरा भयो उनी जेजु प्रान्तको जेजु सिटीको एक कृृषि फर्र्ममा काम गर्र्र्दथे उनको फर्ममा भियतनामी महिला चार र उनी एक्ला पुरुष थिए । काम गदै जादा एक भियतनामी महिलासँग प्रेममा परे । दुइ हप्तामा एकपटक बिदा पार्ईने आर्र्ईतबार मोटल (लज) मा बिताउथे ।

यो प्रक्रिया छ महिना चल्यो । उनले यो अबधिमा एक रुपैयाँ नेपाल पठाएनन् । उनले झुटो प्रेममा परेको चाल पाए जब ती महिलाले आफु गर्र्भवती भएको बहानामा साठीलाख कोरियन वोन कुम्ल्याएर कुलेलाम ठोकिन । पछि थाहा भयो ती महिला अबैधानिक रहेको ।



भैरहवाका महतब आलम बुसानको मोटर पार्र्टस कम्पनिमा काम गर्र्छन । उनको आम्दानीको अधिकाशं रकम उनी मसाज सहित यौन मामलामा खर्च गर्र्र्दछन् । उनी थप्छन हप्ताभरीको थकान मेटाउने यहि माध्यम उपयुक्त भएको उनको मान्यता छ तर उनलार्ई यसबाट भबिष्यमा आइपर्ने सक्ने समस्याको बारेमा सोच्ने मौका छैन ।

पर्वतका हरि खत्री ख्यङ्गदोको ह्वासङ्ग क्षेत्रमा काम गर्दथे । कोरिया आएको छ महिनामा कम्पनिले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियन सँगै उपस्थिती भए खाए अनी रमाए । रात छिप्पिदै गयो मात बढदै गयो रमार्ईलोको निम्ति भन्दै कोरियन केटीसँग हिमचिम बढाएर आपसी सहमतीमा यौनसम्बन्ध बनाए तर तीन दिनमै ती महिलाले आफुलार्ई बलत्कार गरेको उजुरीका आधारमा गिरफ्तार भई जेल पुगे ।

दक्षिण कोरियाको बुसानसिटीको पानोरमा मसाज सेन्टरकी संचालीका ३१ वर्षिय कोरियन महिला जियुले आफना लगभग डेढ दर्र्जन जती नेपाली युवक नियमित ग्राहक भएको र एक रातको दुर्ई लाख कोरियन वोन खर्च गर्र्ने गरेको बताउँछीन साथै यसैलार्ई आधार मान्ने हो भने पनि नेपाली युवाहरुले कोरियाको यौन बजारमा न्युनतम मासिक चारसय मिलियम कोरियनवोन खर्र्च गर्ने गरेको देखिन्छ जुन अती नै खतरनाक अबस्था हो साथै यिनै समस्याका कारण युवाहरु डिप्रेशनको शिकार बन्ने र आत्महत्या सम्म गर्र्र्न पछि नपर्र्ने कारणको रुपमा लिन सकिन्छ ।

दक्षिण कोरियाकोे सेक्स बजार पूर्णरुपमा बैधानिक नभएतापनि सेक्सबजारको मासीक हिसाबकिताब बिलियनमा हुने गरेको र त्यसका ग्राहक आधाभन्दा बढी बिदेशी हुने गरेको स्वंयम कोरियन बताउने गर्र्दछन । बिशेष गरि कोरियामा अनुमानीत हजारभन्दा बढी मसाज सहित यौन अखडा छन् भने मुख्य यौन बजार सुवन र बियारी भन्ने ठाँउमा नेपाली युवाहरुको भिड हुने स्वयम नेपालीहरु बताउँछन ।

साभार: tvnepaliko

Comments