साझा पख आयो कुबेतबाट दुखद खबर….



कुबेत, साउन २६ । सुनार सेवा समाज कुबेतका अध्यक्ष गुण बहादुर सुनारको हृदयघातका कारण शुक्रबार कुबेतमा निधन भएको छ। कुवेतको नेपाली समाजमा लामो समय देखी हातेमालो गर्दै आएका सर्लाहीका ३७ बर्षिय सुनुवार सेवा समाज कुवेतका अध्यक्ष तथा संङघिय समाज फोरम कुवेतका उपाध्यक्ष हुन ।

बिगत लामो समयदेखि कुवेतको हट इन्जिनियरिङ्ग कम्पनीमा सुपर्भाइजरको काम गर्दै आएका मृतक सुनार बिहीवार राती कामबाट फर्किएर खाना खाएर राती १‍‍.०० बजे सुतेका थिए। बिहान अली बढी टाउको दुखेपछि उनी अस्पातल जानको लागि निस्किएका थिए।

अस्पातल जान निस्किएका सुनारलाई कुवेत प्रहरीले आफु बस्ने घरकै बाहिर लडीरहेको अवस्थामा फेला पारेपछि प्रहरीले नै कुवेतको आदान अस्पातलमा लगेको थियो। अस्पातल पुगेको केही समय पस्चात डाक्टरले उनलाई हृदयघातको कारण मृत्यु भएको घोषणा गरेको थियो।

घटना बारे मृतकको घरपरिवार, कम्पनी तथा नेपाली दुताबासलाई खबर गरी सकिएको स्रोतले जानकारी दिएको छ।मृतक सुनारको शबलाई कुवेतको आदान अस्पातलबाट कानुनी प्रकृयाको लागि आदान अस्पातल लगिएको छ भने प्रक्रिया पूरा गरि केहि दिनमा शव लाई नेपाल पठाइने दूतावास स्रोतले जानकारी दिएको छ ।

Comments