अशोक दर्जीलाई यति ठुलो सम्मान, दमक परिक्रममा गरी नयाँ घर हस्तान्तरण (भिडियो)



काठमाडौँ – युट्युबबाट भाइरल बालगायक अशोक दर्जीको घर निर्माण सम्पन्न भएको छ । चटक्क परेको घरमा सोहीअनुसार सामान सजाइएको छ । छाप्रोमा बस्दै आएको अशोकको परिवार अहिले पक्की घरमा सरेको छ ।

अशोकको क्षमतालाई गायक तथा संगीतकार टंक बुढाथोकीसहितका व्यक्तिहरूले बाहिर ल्याए । उनको आर्थिक तथा पारिवारिक अवस्था सार्वजनिक भएसँगै विभिन्न व्यक्तिहरूको सहयोगमा झापामा घर बनाउन सम्भव भएको हो ।

सडकमा गीत गाउँदै आएका अशोकलाई संगीतकार टंकसहितका व्यक्तिहरूले चर्चामा ल्याएर उनलाई घर बनाउन लागिपरेका थिए । टंकसहितको टिमको अथक प्रयासबाट अशोकको परिवारलाई घर मात्रै बनाउन होइन घर भित्र राख्ने सामान पनि जुटाउन सकिएको छ । आज अशोक दर्जीलाई सम्मानका साथ दमक परिक्रममा गरी घर हस्तान्तरण गरिएको छ
अब अशोकको परिवार नया घरमा बस्ने छन्

Comments