आज सूर्यग्रहण ! ग्रहणको प्रकोपबाट बच्न जप गर्नुहोस् यस मन्त्र, नत्र हुनेछ क्षति!



खगोलशास्त्रीहरूको अनुसार यस वर्षको दोस्रो सुर्य ग्रहण साउन २६ गतेको दिन लाग्ने भएको छ। यस सुर्य ग्रहण नेपाल र भारतबाट नदेखिने बताइएको छ। त्यस दिन हुने सुर्य ग्रहण उत्तर अमेरिका, उत्तर यूरोप, पूर्वी एशिया, साउथ कोरिया, मास्को, चीन आदि देशबाट देख्न सकिने जानकारी आएको छ। तर नेपालबाट सूर्य ग्रहण नदेखिने भएता पनि प्राकृतिक रुपमा भने केहि हदसम्मको असर नेपालमा देखा पर्ने बताइएको छ।

सूर्य ग्रहणको समय

सूर्य ग्रहण साउन २६ गतेको दिन नेपाली समय अनुसार दीउसो १ बजेर ४० मिनेटबाट शुरु हुने बताइएको छ। साथै यस सुर्य ग्रहण दीउसोनै ३ बजेर ३१ मिनेट सम्म रहने पनि जानकारी प्राप्त भएको छ। यस सूर्य ग्रहण ३ घण्टा ३५ मिनेट रहनेछ।

ग्रहणको सूतक समय

यस ग्रहण साउन २६ गतेको दिन १ बजेर ४० मिनेटबाट शुरु हुने हुँदा १२ घण्टा पहिला रातको १ बजेर ४० मिनेटमा सूतक समय शुरु हुनेछ।

यी राशिमा पर्नेछ सूर्य ग्रहणको असर

नेपालमा सुर्य ग्रहणको खासै असर नपर्ने हुँदा राशिहरुमा पनि खासै प्रभाव नपर्ने बताइएको छ। तर पनि केही राशिमा भने केही असर देखा पार्नेछ।

के गर्ने त सुर्यग्रहणको समयमा ?



-ग्रहण कालको समयमा शिव चालीसा पढ्नु शुभ मानिन्छ।

-ग्रहण कालको समयमा गरिबलाई दान गर्नु पनि धेरै शुभ मानिने गरिन्छ।

-ग्रहण कालको समयमा तुलसीको पत्ता चपाउन पनि राम्रो रहने गर्छ।

ग्रहणको समयमा गर्भवती महिलाहरुले भुलेर पनि घरबाट बाहिर निस्कनु हुदैन र बिशेष गरी ग्रहण पनि देख्न हुदैन । ग्रहणकालको समयमा गर्भवती महिलाहरुले सिलाई र काट्ने जस्तो कामबाट बच्नु पर्दछ । यस्तो मान्यता छ कि ग्रहणको समयमा तिखो वस्तुको प्रयोग गर्नाले गर्भमा रहेको बच्चालाई हानी पुर्याउन सक्छ । ग्रहणको नराम्रो प्रभावबाट बच्नको लागी महिलाहरुले यस मन्त्रको जप गर्नुपर्दछ ।

“ऊ आदित्याय विदमहे दिवाकराय धीमहि तन्नो सूर्य:प्रचोदयात”

Comments