निर्मला पन्त हत्या प्रकरणः २५ औं दिनमा एकजना पक्राउ, बलात्कारपछि हत्या गरेको स्वीकार (पुरा विवरण हेर्नुहोस्)



काठमाडौं । कञ्चनपुरकाे भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेकाे अभियोगमा एकजना पक्राउ परेका छन्। घट्नाकाे २५ औं दिनमा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार ती युवकले निर्मलाकाे बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्।

अहिले उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ। अदालतबाट थुनामा राख्न म्याद लिएपछि उनलाई आजै सार्वजनिक गर्ने तयारी भइरहेकाे प्रहरी स्राेतले बतायाे।

गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका ल्याउन गएकी १३ वर्षीया पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भइसकेको छ।

Comments