घरैमा यसरी बनाउनुहोस् काँचो आँपको अचार (भिडियो)



काँचो आँप – ५०० ग्राम बेसारको धूलो – १ चिया चम्चा हींग – १/२ चिया चम्चा रातो खुर्सानीको धूलो – १ चिया चम्चा तोरीको तेल – २ चिया चम्चा नून – १ र १/२ चिया चम्चा

बनाउने विधि :

१. सर्वप्रथम काँचो आँपलाई पखाल्नुहोस् र बोक्रा निकालेर ठिक्क आकारमा काट्नुहोस् । २. अब यसरी काटिएको टुक्राहरुलाई नून र बेसारमा मोल्नुहोस् र एउटा सिसाको भाँडामा राख्नुहोस् । ३. त्यसपछि सिसाको भाँडालाई तीन दिनसम्म घाममा सुकाउनुहोस् र प्रत्येक दिन सफा चम्चाले चलाउनुहोस् । ४. तीन दिन पछि अचारमा आवश्यकता अनुसार हींग र रातो खुर्सानीको धूलो मिसाउनुहोस् । ५. त्यसपछि एउटा भाँडोमा तोरीको तेल तताउनुहोस् र चोसो भएपछि अचारमा मिसाउनुहोस् । ६. अब अचार तयार भयो ।

भिडियो हेर्नुहोस् :

Comments