
काठमाडौँ : नुवाकोट सामारीका गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका छन । महानगरिय प्रहरी अपराध महाशाखाका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीका अनुसार तामाङ भक्तपुरको पाइलटबाबा आश्रमको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएका हुन ।
गोपालले सिन्धुपाल्चोकका अजय तामाङसँग मिलेर काँडाघारी बस्ने ११ वर्षीय निशान खड्काको अपहरण गरी हत्या गरेका थिए । निशानको आमासँग ४० लाख मागेर नपाएपछि हत्या गरेका उनीहरु प्रहरीलाई नै आक्रमण गरेर भाग्नेक्रममा मारिएका हुन ।
गोपालसँगै अपहरणमा संलग्न सन्धिुपाल्चोकका अजय तामाङ पनि मारिएका छन । घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिमकार्ड बरामद गरेको छ।
अपहरणकरी अजयका मामाले आक्रोशित हुदै प्रहरीले कानुन भन्दा बाहिर गएर हत्या गरेको आरोप लगाएको छ । उनले कोठा फोरेकोमा जंगिदै भने ‘यस्तो हो भने अब गृहयुद्द हुन्छ’ ।
हेर्नुस भिडियोमा उनकै मुखबाट :
Comments
Post a Comment