धेरै जसो २०-२२ बर्षका केटाहरुको प्रपोज आउँछ: मिना ढकाल


काठमाडौँ। हास्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध टुटेपछि मिना ढकाल आफूलाई कलाकारितामा अगाडि बढाउन निकै नै सङ्घर्षरत छिन्।

दुई ओटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी उनले अब आफ्नो निर्माण र अभिनयमा चलचित्र बनाउने भएकी छन्।

चलचित्रको मुख्य भूमिकामा मिना आफै देखिने छिन्। केहि समय अगाडी चलचित्रमा एक करोड भन्दा बढी लगानी हुने उनले जानकारी दिइन्।

एक युट्युब च्यानलसँग कुरा गर्दै उनले चलचित्रको छायाँङ्कन युरोप र कोरियामा गर्ने सोच बनाएको भनिन्।

Comments