मालिक नभएका बेला घरभरी रगताम्य बनाउने यो कुकुर, सामाजिक सञ्जालमा हाईहाई


मालिक नभएका बेला घरभरी रगताम्य बनाउने यो कुकुर, सामाजिक सञ्जालमा हाईहाई
काठमाडौँ । अमेरिकाको भर्जिनिया प्रान्तको एक घरमा कोही नभएको मौका पारेर आएका लुटेराहरुलाई कुकुरले सख्त घाईते बनाएर लखेटेको समाचार सामाजिक सञ्जालमा भाइरल भएको छ। कुकुरको आक्रमणबाट उनीहरु निकै घाईते भएको बताईएको छ। किनकी घरको चारैतिर ति डाँकाहरुको रतग लत्पतिएको छ। घटनाको समयमा घरका कुनैपनि व्यक्ति त्याहाँ थिएनन्।

घरका मालिकले यो घटना आफ्नो सामाजिक सञ्जालमा पनि शेयर गरेका छन्। ताकी यो जानकारी सारा जगतले पाओस् र कुकुर पाल्नुको महत्वबारे बुझोस्।

घरभरी लत्पत्तिएको छ रगत

यो घटना भर्जिनियाको रिचमण्डमा रहेको मुरिन परिवारको घरमा गत अगष्ट महिनामा घटेको हो। मुरिन र उनकी आमा केही कामका लागि बाहिर गएका थिए। जब उनीहरु घरमा फर्किए तब उनको कुकुर घरको आगनमा उभिरहेको थियो । कुकुरलाई देख्नासाथ मुरिनलाई लाग्यो आज केही न केही भयो।



जब उ घरको आगनमा पुग्यो उसले अनुमान लगाएको कुरा सही साबित भयो । किनकी घरको चारैतिर उसले रगतमात्रै देख्यो । उसलाई लाग्यो कि घरमा कोही आएको थियो त्यसलाई कुकुरले आक्रमण गर्यो । केही दिन अगाडि यसै क्षेत्रका केही घरमा चोरी भएको थियो । त्यसपछि उसलाई थाहा भयो कि आज आज घरमा चोर आएको रहेछ।

फेसबुकमा लेखेर गरेका थिए कुकुरको तारिफ

घटनापछि मुरिनले आफ्नो सामाजिक सञ्जालमा कुकुरको तारिफ गरेका छन् । जुन स्टाटसई आफ्ना साथीहरुले निकै उत्साह थपेका छन् र कुकुरको निकै तारिफ गरेका छन्। यस स्टाटस् सँगै मुरिनले भिडियो पनि सार्बजनिक गरको थिए त्ययसले सामाजिक सञ्जाल तातेको छ।

Comments