
काठमाडौं : संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अनानको निधन भएको छ।
१० वर्ष अनानले संयुक्त राष्ट्रसंघको महासचिव भएर काम गरेका थिए। उनी सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघको महासचिव थिए। उनले यही क्रममा सन् २००१ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।
कोफी अनान फाउन्डेसनले उनको ट्विटर पेजबाट उनको मृत्यु भएको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
Comments
Post a Comment