
भदौ, काठमाडौं । निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत समूहले शुक्रबार कञ्चनपु्रको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड गरेको छ ।
प्रदर्शनकारीले मेयरको घरमा तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेका थिए । तर प्रहरी टोलीले आगजनी हुनबाट भने रोकेको थियो ।
प्रदर्शनकारीले ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड गरेको छ ।
Comments
Post a Comment