निर्मला पन्त हत्याकाे खुल्यो डरलाग्दो रहस्य, को हुन् निर्मलाकी आमालाई थर्काउने अनिता ?



१३ वर्षीय किशोरी निर्मला पन्त । जसको बलात्कार गरियो र बलात्कारपछि घाँटी थिचेर निर्मम हत्या गरियो । गत साउन १० गते साथी रोशनीको घरमा होमवर्क गर्न पुगेकी निर्मला एकाएक हराइन् । बिहान घरबाट साथीकोमा जान्छु भन्दै निस्केकी निर्मला बेलुकासम्म घर नआएपछि घरका सदस्यहरु चिन्तित भए ।

निर्मलाकी आमा छोरीको खोजी गर्दै निर्मलाको साथीको घरसम्म पुगिन् । तर उनले त्यहाँ छोरी त के पाउथिन जवाफ नै रुखो पाइन् तेरी छोरी पोइल गई होली । छोरी भित्र त छैन भनेर आमाले घरभित्र हेर्न खोज्दा उनलाई लखेटियो । छोरीको खोजीमै अबेर भइसकेको थियो । छोरीको अत्तोपत्तो नलागेपछि निरास आमा प्रहरी कहाँ गुहार गर्दै पुगिन् । छोरी हरायो, खोजी गरिपाउँ । प्रहरीको जवाफ आयो रातिको ११ बजेको छ, यति राति अर्काको घरमा खोजतलास गर्न सकिदैन । भोली बिहान आउनु होला । निर्मलाका आफन्त र आमा राति दुई तीन बज्दासम्म प्रहरी कार्यालय परिसरमै बसिरहे । तर प्रहरीले खोजतलास गर्ने कुनै सुर सार नै गरेन । भोलीपल्ट बिहानको आठ बज्यो स्थानीयको विरोध हुन थालेपछि प्रहरी खोजतलासमा निस्क्यो । भिमदत्त नगरपालिकाको वडा नम्वर २ मा रहेको महुलियाको खोला छेउमा निर्मलाले प्रयोग गरिएको साइकल, किताव र अम्बा भेटियो । घर परिवार त्रसित भयो र प्रश्न ग¥यो छोरी खोई ? रोशनीको दिदि अनिताको जवाफ आयो जहाँ साइकल भेटियो त्यहिँ छ तेरो छोरी । हामीलाई किन सोधिराको । नभन्दै खोज्दै जाँदा नजिकै रहेको उखुबारीमा निर्मलाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला प¥यो ।

उनी नग्न थिइन् । घाँटी थिचेर हत्या गरिएको थियो । यसबाट स्पष्ट भयो बलात्कार र हत्या । प्रहरीले पनि त्यही पुष्टी ग¥यो तर हत्यारा पत्ता लगाउन सकेन । शंकाको भरमा केही अभियुक्त समात्यो तर सार्वजनीक गरिएन । त्यसपछि दिनहुँ अधिकारकर्मीको प्रदर्शन जारी रह्यो । निर्मलाको हत्याले संसदमा समेत चर्चा पायो । कतिले कडा कानुनको माग गरे त कतिले मृत्युदण्ड । मुलुकभरी नै महिला अधिकारर्मीहरु आन्दोलित भए । एक साता बित्यो । दुई साता बित्यो । र महिना नै बित्न थालेपछि कञ्चनपुर झन आन्दोलित भयो । मुख्य हत्यारा पत्ता लगाएर सार्वजनिक गर भन्ने सबैतिरबाट आवाजहरु उठ्न थाले । प्रहरीमाथि नै प्रश्न चिन्ह खडा हुन थालेपछि भदौ चार गते सोमबार प्रहरीले मुख्य अभियुक्त पक्राउ परेको भन्दै भिमदत्तरपालिका–१९ बाँगफाँटाका ४१ वर्षिय दिलिप सिहं विष्टलाई सार्वजनिक गरेको थियो । र प्रहरीको भनाइ थियो । “साथीको घरबाट फर्कने क्रममा निर्मलाको साइकलको चेन बिग्रियो ।



उनी चेन बनाउन लागिन् । त्यतिकैमा ४१ वर्षीय दिलिप सिंह विष्ट आइपुगे । विष्टले निर्मलाको साइकलको चेन बनाउन लागे । र एकान्तको फाइदा उठाउँदै उनले निर्मलालाई बलात्कार गरे । विष्टको कुकर्म यतिमै रोकिएन । उनले निर्मलाको घाँटी थिची हत्या गरे । सोमबार कञ्चनपुर जिल्ला प्रहरीले पत्रकार सम्मेलनमा यही कुरा सार्वजनिक ग¥यो । तर यसमा स्थानीय सन्तुष्ट छैनन् । मुख्य अभियुत्तलाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले सदरमुकाम महेन्द्रनगर बन्द गराएका छन् । बन्दसँगै मंगलबार बिहानैबाट महेन्द्रनगर तनावग्रस्त भएको छ । आक्रोशित स्थानीयले प्रहरीलाई समेत लखेटेका छन् ।

बन्दमा व्यापारीहरुले पनि साथ दिएको छ । आक्रोशित भीडले प्रहरीको भ्यानलाई समेत घेरेको छ । स्थानीयले दिलिप वास्तविक हत्यारा नभएको र प्रहरीले पीडकलाई उन्मुक्ती दिन खोजेको आरोप प्रहरीमाथि लगाएका छन् । निर्मला हत्या काण्ड आन्दोलनकी संयोजक माया नेगी भन्छिन्- प्रहरी र स्थानीय निकाय मिलेको छ । निर्मलाको हत्यामा निर्मलाकी साथी रोशनीकी दिदि अनिताको हात भएको स्थानीयको आरोप छ । उनलाई निर्मलाको किन र कसले ग¥यो सवै थाहा छ । प्रहरीलाई पनि यो कुरा थाहा छ । तर अनितासँग प्रहरीको ठुलै चिनजान भएकाले उनलाई पक्राउ गरेको छैन ।

कञ्चनपुर यति धेरै आन्दोलित हुँदा पनि किन मौनता साधेर बसेको छ स्थानीय निकाय ? निर्मलाका ,परिवारको पीडा भिमदत्तनगरका मेयरलाई किन बोध हुदैन ? स्थानीय र निर्मलाका परिवारले चाहेका यी र यस्ता थुप्रै प्रश्नको जवाफ भिमदत्तनगरका मेयरले दिनै पर्छ । हैन भने जनताले जसरी यो स्थानमा ल्याएर राखेका छन् । त्यहाँबाट गल्हत्याउने अधिकारपनि छ जनता सँग । मेयर ज्यु यतातिर पनि ध्यान जाओस ।

Comments