घरमा यस्तो वास्तु दोष हुनसक्छ : जसले बारम्बार बिरामी बनाउनेछ, अहिले नै यसरी हटाउनुहोस्


काठमाडौ । कुनै पनि घरमा त्यस घरका सदस्यहरु विरामी भैरहन्छन भने त्यसमा वास्तुशास्त्रको महत्वपुर्ण भुमिका हुन्छ । त्यसै मध्यको एक महत्वपुर्ण कुरा हो तपाईको घरको मुलढोका जसले तपाईको जीवनमा अनेक खालका असरहरु देखाउँन सक्छ । मुख्य ढोकासँग जोडिएको वास्तु दोषको कारण, घरमा बस्ने व्यक्ति शारीरिक, मानसिक र आर्थिक रूपमा दुःखी हुनुपर्छ । वास्तुशास्त्रमा घरको मुल ढोकामा भएको वास्तु दोषको असर र यसको समाधानको बारेमा राम्रोसँग जानकारी गराइएको छ । यदि तपाईले सामान्य कुराहरुमा ध्यान राख्नुभयो भने तनाव, बिरामी र खर्चहरू रोक्न सकिन्छ । यस घरमा शान्ति हुन्छ,वास्तु शास्त्रामा भएका दोषहरुमध्य आज हामी विशेष गरेर पाँचवटा गल्तीहरूको बारेमा चर्चा गर्नेछौ ।

क, तपाईको घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनु पर्छ। यदि तपाईको ढोका भित्रतिर खोलिन्छ भने त्यस घरको मालिकले कठिनाइहरु र रोगहरुको सामना गर्नु पर्छ । धातुको ढोकालाई मुल ढोका बनाउँदा कुनै पनि बेला जो सुकैबाट पनि धोका हुन सक्छ।

ख, घरको मुख्य ढोका घरको अन्य ढोका भन्दा ठूलो हुनुपर्छ । यदि मुख्य ढोका अन्य ढोका भन्दा सानो छ भने, तपाईंले वित्तीय कठिनाइहरूको सामना गर्नु पर्दछ।

ग, सूर्यदय हुँदा घरको झ्याल खुल्ला राख्नुपर्छ यसले घरलाई सकारात्मक ऊर्जा दिन्छ। सुर्योदयको समयमा बन्द हुने झ्यालका कारण घरमा मानिसहरूले स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ ।

घ, घरको कुनै ढोकासँग वा तरबार, चक्कु, वा कुनै पनि धारिलो वस्तुहरु नराख्नुहोस । यसले परिवारका सदस्यहरू बीच संघर्ष र तनाव बढाउन सक्छ।

ङ, घरको सुत्ने कोठामा बाँस बेसिन हुनु हुदैन । यसो गर्दा विवाहित जीवनमा भरोसाको कमी हुन्छ। यदि तपाईले बाँस बेसिन राख्नु भएको छ भने त्यसको सामुन्ने पर्दा राख्नुहोस्।

Comments