बलिउड कलाकार रुपालीमाथि आक्रमण, गम्भिर घाइते



एजेन्सी । बलिउड कलाकार रुपाली गांगुलीमाथि केही व्यक्तिको समुहले आक्रमण गरेका छन्। आक्रमणबाट रुपाली गम्भिर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रुपालीको उजुरीपछि प्रहरीले आक्रमणकारीलाई केही घण्टामै पक्राउ गरेको छ। रिर्पोटका अनुसार रुपाली आफ्नो ४ वर्षीय छोरालाई कारमा स्कुल छोड्न जादै थिइन्। यसै क्रममा दुई युवक रुपाली नजिक पुगेर उनको कार रोके। त्यसपछि कुनै कुरालाई लिएर रुपालीसँग झगडा भयो । त्यसपछि उनीहरुले रुपालीको कारको सिसा फुटाएर रुपालीमाथि आक्रमण गरे। त्यसक्रममा रुपालीलाई गम्भिर चोट लागेको छ। घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनाको अनुसन्धान सुरु गयो। अनुसन्धानका क्रममा प्रहरीले हमला गर्ने दुई जनालाई पक्राउ परेको छ।

रुपाली पछिल्लो समय साराभाइ भर्सेज साराभाइ २ मा देखिएकी थिइन्। यस बाहेक उनले टेलिभिजन शो र चलचित्रमा काम गरिसकेकी छिन्।

Comments