रेखा थापाले जन्मदिनमा गरिन् यही साल विवाह गर्ने घोषणा, यस्तो छ उनको हुनेवाला श्रीमान



१६ वर्षकै उमेरमा निर्माता छवि ओझाको ‘हिरो’ फिल्मबाट डेब्यु गरेकी रेखा थापा निक्कै नै चर्चित नायिका हुन् । लामो समयसम्म ‘नम्बर वान’ मा रहन सफल नायिका रेखा थापा अहिले नायिका मात्र हैन अव निर्मात्रीको रुपमा पनि स्थापित छिन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दसमा पर्न सफल भएकी थिइन् ।

निर्माता छबी ओझाकी दोश्रो श्रीमतिकी रुपमा चिनिएकी रेखा अव चाडै नै विवाह बन्धनमा बाधिदैछिन् । उनी भन्छिन् “विवाहको योग्यता नपुगेर विवाह नभएको हो , अव मेरो योग्यता पनि पुगेको छ । अव यसै बर्षा म विवाह बन्धनमा बाधिदैछु । ”

रेखा अगाडि भन्छिन् “गोजिमा गाठ भएको हैन मनमा आत भएको केटो भए म विवाहको लागि तयारी छु । ”

Comments