कैले सफल भए, कैले असफल । तर, जति चोटि असफल भएँ म झन् झन् मजवुत भए (भिडियो सहित)



सास फेरे जस्तै रहेछ कमाउनु र कमाएको पैसा समाजकै हितमा लगाउनु भनेको । जसरी हामी श्वास लिन्छु तर श्वास फेर्दिन भनेर लामो समय रोकिराख्न सक्दैनौ । त्यसैगरि समाजवाट लिने तर, समाजलाई नदिने गर्न पनि सक्दैनौ । जसले गर्न खोज्छन्, ति उकुसमुकुस हुन्छन् श्वास रोकेसरी ।

भनिन्छ नि यदि मुठि कस्यो भने, हात भित्र भएको मात्र अडिने हो, तर, हात खूल्ला गर्नू भयो भने केही छैन भने पनि केही पर्न सक्छ, केही छ भने त अझै धेरै हुने नै भयो ।

जिन्दगीमा मेरो फिलोसफी यत्ति हो । यही समाजवाट कमाउने, यही समाजकै लागि खर्च गर्ने । हुनेसँग लिने नहुनेलाई दिने । मेरो गीत मेरो संगित र मेरो साधना यत्तिका लागि हो ।

वास्तवमा म निकै संघर्ष गरेर म यहाँसम्म आईपुगेकी हुँ । मेरो किताव फूलको आँखामा मैले लेखि सकेको छु, वाल्यकालमा मैले केसम्म अनुभव गर्नु पर्यो भनेर । तर, जस्तै दुःखमा पनि मैले संघर्ष गर्न छा्डिन् । कैले सफल भए, कैले असफल । तर, जति चोटि असफल भएँ म झन् झन् मजवुत भए ।

मर्जी आफ्नै हो, खुशी हुने कि दुखी | साँच्चै भनू, मलाई असाध्यै पढ्न मन थियो । तर, ५ कक्षा भन्दा वढि पढ्न पाईन् । मेरो सपना अधुरो नै रह्यो । म आज संसारभर पुगेर गित गाँउछु । गित गाएको पैसा वटुल्छु, र मेरो पढ्ने सपना यी वच्चाहरु मार्फत पुरा गर्छूृ । यो मैले मेरै कमाईवाट चलाएको स्कूल हो । समाजसेवा मागेर होईन आफै कमाएर गर्न मनपर्छ मलाई ।

गीत गाएर नै मैले लाखौ होईन करोडौ रुपैया कमाएको छु । कुममाकुम, आँखामा आँखा जुधाएर संसरभरका गायक गायिकासँग गीत गाउने मौका पाएको छु । यो सबै गर्न सकेको मैले, मेरो ईमान्दारीता मेहनत र परिश्रमले मात्र होईन मेरो जिन्दगीको पर्पोज ले गर्दा हो ।

मेरो आफ्नो पढ्ने सपना यी वच्चाहरु मार्फत पुरा गर्ने कोशिस गर्छु । अन्धकारलाई सराप्र्नु भन्दा सानै भएपनि वत्ति वाल्ने मेरो कोशिस छ ।गाउने, त्यही मार्फत समाजसँग लिने र यहि समजलाई दिने । श्वास रोके सरी धन थुपारेर उकुसमुकस हुने चाहाना छैन मलाई । किनकी चंगा हुन मनपर्छ मलाई ।

भिडियो हेर्नुस

Comments