भूकम्पमा २२ घण्टापछि सेनाले सकुशल उद्धार गरिएका वालकलाई नेपाली सेनाले पढाउने


काठमाडौं, १० भदौ । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले कत्तिको सपना तुहायो, कत्तिको सहारा खोस्यो, कत्तिको सिन्दुर पुछियो, अनि कत्तिको काख रित्तियो ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको उक्त बिनाशकारी भुकम्पमा घरले थिचिएको २२ घण्टा पछि एक नावालकको उद्दार गरिएको थियो। अहिले उनि ३ बर्षको भैसकेका छन् र उनको बिद्यालय जाने उमेर भयो ।

तिनै बालक सोनिस अवाललाई नेपाली सेनाले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ । भक्तपुर मूलढोकाका सोनिसलाई नेपाली सेनाको तर्फबाट शैक्षिकवृत्ति अन्तर्गत कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा पढाउन ‘प्रधानसेनापति प्राकृतिक प्रकोप राहत कोष’ बाट वार्षिक ५० हजार उपलब्ध गराइनेछ ।

अवाललाई कक्षा ६ देखि भने सैनिक आवासीय महाविद्यालय भक्तपुरमा निःशुल्क अध्ययनको व्यवस्था मिलाउने सैनिक कल्याणकारी निर्देशक सहायकरथी भण्डारीले जानकारी दिनुभयो ।-satyakhabar

Comments