भक्तपुर: पछिल्लो समय सरकारले बिभिन्न क्षेत्रमा करको दायरा बढाइरहेको छ । सर्वसाधारण जनताले तिरेको करबाट स्थानीय तह देखि केन्द्रका जनप्रतिनिधिले धमाधम विलासी गाडी किनिरहेको अवस्थामा सर्वसाधारण जनता भने गुणस्तरीय शिक्षा, स्वास्थ्य, मनोरंजन जस्ता सुबिधाबाट बन्चित हुनुपरेको छ। शिक्षा, स्वास्थ्य, सडक संजालको सुबिधा नपाएको अवस्थामा हामी ले कर के का लागि तिर्ने, अनि कसका लागि तिर्ने भन्दै युवा विश्लेषक ज्ञानेन्द्र शाही यतिबेला जनतामा चेतना अभिवृद्धि गर्न लागिपरेका छन ।
अनिमियतता र दुरुपयोगबारे सामाजिक संजालमा उनले यस्तो लेखेका छन:
हेल्लो सरकार ! म बिहान ७:३० मा कलेज पुग्छु। म घरमा सुत्छु। यो मेरो श्रमले बनाएको घर हो। मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु। मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न। उनी त्यसको पनि कर तिर्छन। मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु। मैले बांच्न पनि कर तिर्नु पर्छ। म दैनिक करिब ८ देखी १० घन्टा पढाउछु। मेरो दिमाग र श्रम बापत म तलब पाउँछु। तर त्यसमा पनि कर लाग्छ।
म गाडी किन्छु। त्यसमा पनि कर तिर्छु। प्रत्येक बर्ष कर तिर्छु। म पेट्रोल किन्छु त्यसमा पनि कर तिर्छु। म सडकमा गाडी कुदाउछु, त्यसको पनि कर तिर्छु।
म सन्तानलाई पढाएबापत कर तिर्छु। म बिरामी हुन्छु, डाक्टरलाई जचाउँदा पनि कर तिर्छु। म औषधी किन्छु, त्यसमा पनि कर तिर्छु। म आखाका लागि चस्मा किन्छु, त्यसमा पनि कर तिर्छु।
म जुत्ता किन्छु, त्यसमा पनि कर तिर्छु। म सर्ट किन्छु, त्यसमा पनि कर तिर्छु। म कट्टु किन्छु, त्यसमा पनि कर तिर्छु। म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु। म पानी पिउछु, त्यसमा पनि कर तिर्छु।
म जीवनका प्रत्येक पाइलामा कर तिर्छु। मलाइ हर्ट एट्याक हुन्छ, औषधि गर्छु। मृत्युबाट फर्किदा पनि कर तिर्छु। दुर्घटना हुन्छ अनि मेरो खुट्टा काटिन्छ, तर म सङ्ग कर पनि लिइन्छ। बम पड्किन्छ, म बल्ल बल्ल बाच्छु, म सङ्ग कर उठाइन्छ।
तर यो करबाट के किन्छ सरकार?
१. मन्त्री र हाकिमलाई महङ्गो गाडी किन्छ।
२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ।
३. मन्त्री र हाकिम बिदेश यात्रा गर्न भत्ता दिन्छ सरकार। गत साल १४०० हाकिम र मन्त्रीले बिदेश डुले मैले अस्पतालमा उपचार गर्दा तिरेको करले।
४. दलका कार्यकर्तालाई खर्च बाँड्छ।
५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ। हाकिम र मन्त्रीले ३५% प्रतिशत घुस खान्छ्न।
६. देशको ब्यापार घाटा सात गुना बढी भएको छ। टोल टोलका फलफुल दुकानमा अस्ट्रेलियाबाट ल्याएका स्याउ छ्न। तर जुम्लाका स्याउ भैसीले खादैंछ्न।
७. गरिब ले सिटामल पाउँदैन। सुकुम्बासीको घर छैन। थुप्रै महिला शरीर बेच्न बाध्य छ्न।
किन?
म यो देशको सन्तान हुँ। मेरो जिम्मेवारी छ यो देश जोगाउने। म नागरीक हुँ यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने। तर मलाई शासन गर्छन मेरा देशका नेता। मलाइ शोषण गर्छन मेरा नेता।
मैले भर्खर एउटा सन्तान जन्माए। उसले यो देशलाइ जोगाउन ज्यान पनि दिन्छ भविष्यमा तर, उसलाई लिएर घर फर्किदा मैले उसलाई जन्माए बापत कर तिंरे। अब उसको नाम दर्ता गर्दा कर तिर्नु पर्छ। उसलाई स्कुल भर्ना गर्दा कर तिर्नु पर्छ। उस्को बिबाहदर्ता गर्दा कर तिर्नु पर्छ। उसको नागरिकता लिँदा कर तिर्नु पर्छ।
कहिले सम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ती गरिरहने? म तपाइँलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रश्नको जवाफ तपाईसङ्ग छ?
के चुनाब मेरो श्रममा लगाएको करबाट बाजी खेल्न खेलमात्र हो? हरेक नागरिक सचेत हुन आवश्यक छ। सोध्नुहोस प्रश्न। लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस। निरासा होइन चेतनाको खेती गरौं।
Comments
Post a Comment