
काठमाडौ । इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा पुगेको हो । मायांका र माहिकाको जोडीले माल्दिभ्सका खेलाडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेको हो । मायांका र माहिकाको जोडीले आज जापानका खेलाडीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
लनटेनिस पुरुष डबल्समा नेपाल पराजित भएको छ । नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतका खेलाडीसँग ६–१ र ६–१ को सोझो सेटमा पराजित भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । अधिकांश खेलाडी बाहिरी रहँदा यी दुई चेलीले भने उपाधी हात पार्न सक्ने सम्भावना रहेको देखिएको छ । खाली हात फर्किनबाट जोगाएर उपाधी चुम्दै सारा नेपालीलाई खुशी दिनेगरी उनीहरुले मेहनत गरिरहेका छन् ।
Comments
Post a Comment